IME Life New

राष्ट्रिय बीमा संस्थानद्धारा अभिकर्ता पुनर्ताजगी तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी स्वामित्वमा रहेको एकमात्र जीवन बीमा संस्थानले उत्कृष्ट अभिकर्ताबिच पुनर्ताजगी तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थानले चैत ४ गते कान्तिपथस्थित यल्लो प्यागोडा होटेलमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

व्यवसाय वृद्धि तथा अभिकर्तालाई उत्प्रेरित गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा नेपाल लाइफ र प्राईम लाइफ इन्सुरेन्सका भुतपुर्ब कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले बिक्रि र बजार कला सम्बन्धि शिर्षकमा प्रशिक्षण दिएका थिए।

Crest

शाखा तथा बजार व्यस्थापन बिभागका प्रमुख दिपा अधिकारीले बीमा संस्थानको वर्तमान अवस्था र भावी योजना बारे प्रस्तुति दिएकी थिइन्।
अभिकर्ताहरुको ३ वटा समुहमा विभाजित गरिएको छलफलबाट प्रोडक्ट, सर्विस र इन्सेण्टिभको लागि सल्लाह सुझाब र परिमार्जन गर्नुपर्ने कार्यविधि सम्बन्धमा प्राप्त प्रतिक्रियाको लागि संस्थानको तर्फबाट प्रशासक कवि प्रसाद पाठकले सामुहिक रुपमा जवाफ दिएका थिए ।

बीमा संस्थानका सहायक प्रशासक कृष्ण कुमार श्रेष्ठ, नायब महाप्रबन्धक महेश रिमाल , विभागीय प्रमुख लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण बजार व्यस्थापन विभागका सहायक व्यस्थापक सुजित प्रसाद शाहले गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS