IME Life New

राष्ट्रिय परिचयपत्र बनाउनुभयो ? अब घरजग्गा कारोबारमा अनिवार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब घरजग्गा कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। सरकारले माघ १ गतेदेखि घरजग्गा खरिदबिक्री गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यसबारे जानकारी गराएको छ।

अहिले किन्ने र बेच्नेको नागरिकताबाट घरजग्गाको राजीनामा पास र लिखत पारित हुँदै आएको छ। आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रलाई सबै निकायतिर कार्यान्वयनमा ल्याउने उद्देश्यबमोजिम घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हो।

Esewa
Crest

सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को दफा ३ र १० को प्रयोजनका लागि राष्ट्रिय परिचयपत्रको प्रयोग सम्बन्धमा गरेका निर्णय समेटेर गृह मन्त्रालयले राजपत्रमा सार्वजनिक सूचना प्रकाशन गरेको छ। अब घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य पेस गर्नुपर्छ।

माघ १ गतेदेखि बैंकिङ तथा वित्तीय सेवा, सामाजिक सुरक्षा कोष, सिम कार्ड लिन र घरजग्गा किनबेचसम्बन्धी सेवाका लागि पनि राष्ट्रिय परिचपयत्र अनिवार्य गरेको छ। विभिन्न जिल्लामा लागू हुने गरी सामाजिक सुरक्षा, स्वास्थ्य बीमा, निवृत्तिभरण, राजस्व (व्यक्तीगत आयकर दर्ता), सवारी चालक अनुमतिपत्र, कम्पनी दर्ता तथा नवीकरणसम्बन्धी सेवा प्राप्त गर्न आगामी साउन १ देखि नै राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS