IME Life New

राष्ट्रिय जीवन बीमा कम्पनीको तीन आर्थिक वर्षको एक्चुअरी भ्यालुएसन स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको आर्थिक वर्ष २०६७/६८ देखि २०६९/७० सम्मको बीमांकीय मूल्यांकन (एक्चुअरी भ्यालुएसन) स्वीकृत भएको छ।

नेपाल बीमा प्राधिकरणले राष्ट्रिय जीवन बीमा कम्पनीको उक्त तीन आर्थिक वर्षको एक्चुअरी भ्यालुएसन स्वीकृत गरेको हो। ‘प्राधिकरणको आज बसेको सञ्चालक समितिको बैठकले राष्ट्रिय बीमा कम्पनीको तीन आर्थिक वर्षको एक्चुअरी भ्यालुएसन स्वीकृत भएको छ’, प्राधिकरणका प्रवक्ता एवं कार्यकारी निर्देशक राजुरमण पौडेलले भने।

Esewa
Crest

प्राधिकरणबाट एक्चुअरी भ्यालुएसन स्वीकृत भएसँगै अब कम्पनीको ती आर्थिक वर्षको वित्तीय विवरण पास गर्ने बाटो खुलेको छ। बीमा प्राधिकरणले अब वित्तीय विवरण पारित गरेमा कम्पनीले उक्त तीन आर्थिक वर्षको वार्षिक साधारणसभा आह्वान गर्नेछ।

यो कम्पनीले थुप्रै वर्षदेखि लेखापरीक्षण र वार्षिक साधारणसभा गर्न सकेको छैन।

साबिकको राष्ट्रिय बीमा संस्थान गत कात्तिक २० गते पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको थियो। गत कात्तिक १६ गतेको मन्त्रिपरिषदको बैठकले संस्थानलाई हालकै ५० करोड अधिकृत पुँजी र १८ करोड १० लाख २० हजार कायम राखी कम्पनीमा परिणत गर्न स्वीकृति दिने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS