IME Life New

राष्ट्रपति भण्डारी चिनियाँ समकक्षीबीच भेटवार्ता सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङबीच शनिबार साँझ शितल निवासस्थित राष्ट्रपति भवनमा भेटवार्ता सम्पन्न भएको छ ।
दुई दिने राजकीय भ्रमणका लागि शनिबार अपरान्ह काठमाडौं आईपुगेका चिनियाँ समकक्षी सीसँगको भेटवार्ताको क्रममा राष्ट्रपति भण्डारीले द्धिपक्षिय हित, आसपी चासोलगायतका विषयमा कुराकानी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीबीच करिब पौने घण्टा लामो कुराकानी दुई देशबीचको आपसी सम्बन्ध तथा नेपाल–चीन सहयोग आदानप्रदान लगायतका विषयमा केन्द्रीत रहेको जनाइएको छ ।

Esewa
Crest

भेटवार्तापछि राष्ट्रपति भण्डारी तथा समकक्षी सी सोल्टीहोटलमा आयोजना गरिएको रात्रीभोजमा सहभागी हुन प्रस्थान गरेका छन् । शनिबार अपरान्ह आईपुगेका चिनियाँ समकक्षीको स्वागतको लागि राष्ट्रपति भण्डारी आफै विमानस्थल पुगेकी थिईन भने सीको स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधामन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना, मन्त्रीहरु, उच्चपदस्थ सरकारी अधिकारीहरु विमानस्थल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS