IME Life New

राष्ट्रपति भण्डारीद्वारा सातै प्रदेशका प्रमुखलाई शपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोमबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्त भएका प्रदेश प्रमुखहरुले मंगलबार विहान पद तथा गोपनियताको शपथ लिएका छन् ।

सरकारले गत सोमबार साँझ तत्कालिन काम चलाऊ देउवा सरकारले नियुक्त गरेको प्रदेश प्रमुखहरुलाई बर्खास्त गरी नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको हो । मंगलबार विहान आयोजित कार्यक्रममा सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

Esewa
Crest

राष्ट्रपति भण्डारीले प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदुरपश्चिममा शर्मिला कुमारी पन्त (त्रिपाठी) लाई पद तथा गोपनियताको शपथ खुवाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS