IME Life New

राष्ट्रपति पाैडेलले सुशासन र सार्वजनिक सेवा प्रवाह सहित जारी गरे ४ वटा अध्यादेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रपति कार्यालयले सुशासन र सार्वजनिक सेवा प्रवाह सम्बद्ध सहित ४ वटा अध्यादेश जारी गरेको छ। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पाैडेलले ४ वटा अध्यादेश जारी गरेका हुन्।

राष्ट्रपति कार्यालयबाट जारी प्रेस विज्ञप्ती अनुसार राष्ट्रपति पाैडेलले  सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश  २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायीत्व (पहिलो संशोधन) अध्यादेश २०८१, निजीकरण(पहिलो संशोधन) अध्यादेश २०८१ , आर्थिक तथा व्यवसायीक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन्।

Esewa
Crest

मन्त्री परिषदको शुक्रबार राति प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले यी चारवटा अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । संसदको अधिवेशन नचलेका बेला मन्त्री परिषदले सार्वजनिक सरोकारका अत्यावश्यक विषयमा अध्यादेश जारी गर्न सक्छ। यस्तो अध्यादेश ६ महिनाभित्र संसदको आगामी अधिवेशनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणिकरण नभएको अवस्थामा स्वतः खारेज हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS