IME Life New

रारा हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, नियुक्त गर्यो विक्री प्रबन्धक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरमा कुल १२ लाख कित्ता आईपीओ निष्काशन गर्नका लागि शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ।

काठमाडौंको त्रिपुरेश्वरस्थित मेगा क्यापिटलको कार्यालयमा बुधवार आयोजित कार्यक्रममा आईपीओ निष्काशन तथा विक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा कम्पनीका तर्फबाट सञ्चालक शंकरलाल बैद्य तथा मेगा क्यपिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

Esewa
Crest

कम्पनीले सर्वसाधारणका लागि जारी हुने १२ करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डसमक्ष आवश्यक प्रक्रिया पुरा गरी आवेदन दिने योजना रहेको बताएको छ।

कम्पनीले दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिका–४ ब्यूराखेतमा २ दशमलव १५ मेगावाट क्षमताको अपरपराजुली खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS