IME Life New

रामेछापमा किसानलाई अनुदानमा वितरण हुने कृषि मेसिनरी वितरण गर्दा अनिवार्य दुर्घटना बीमा गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास कार्यलय रामेछाप , पशु सेवा कार्यलय सिन्धुली, रामेछाप सेवा केन्द्र मन्थली र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना एकाई रामेछापको संयुक्त आयोजनामा जिल्ला समन्वय कार्यलय रामेछाप मन्थलीको हलमा आर्थिक बर्ष २०८१/८२ को कार्यक्रम र बजेट सार्वजनिकिकरण कार्यक्रम कातिक १० गते सम्पन्न भएको छ । जिल्ला समन्वय प्रमुख चिना खड्का कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका माननीय एवम उद्योग , पर्यटन तथा वन वातावरण समितिको सभापति आनन्द कुमार श्रेष्ठ रहेका थिए ।

कार्यक्रममा रामेछापका ८ वटै पालिकाका प्रमुख र उपप्रमुखको उपस्थिति रहेको थियो । कार्यक्रममा रामेछाप पत्रकार महासंघ , रामेछाप उद्योग बाणिज्य संघ गैर सरकारि महासंघ , कोष तथा लेखा नियन्त्रण कार्यलय ,उद्योग बाणिज्य कार्यलय रामेछापको उपस्थिति रहेको थियो ।

Esewa
Crest

कृषिसँग चासो राख्ने वडा अध्यक्षहरु , जिल्ला कृषि सहकारी संघ रामेछाप , अगुवा किसान समेत गरि ७० जनाको उपस्थिति रहेको थियो । कार्यक्रम कृषि विकास कार्यलयका तर्फबाट कार्यलय प्रमुख मीन बहादुर पुन , परियोजनाको तर्फबाट कार्यलय प्रमुख थिर लाल गैरे र पशु सेवा कार्यलय प्रमुख नवराज थापाले आ आफ्नो कार्यलयले आगामि बर्ष कुन शिर्षकमा कति बजेट राखेको र पहिलो त्रैमासिकमा हुने कार्यक्रम सुचना सरोकारवाला कार्यलयको सुचनापाटिमा ,स्थानीय पत्रिकामा , रेडियो र कार्यलयको फेसबुक पेजमा समेत प्रकाशित गरि सरोकारवाला लाई जानकारि दिएको बताए ।

त्यस्तै, स्थानीय पालिकालाई इमेल मार्फत जानकारी दिएको मीन बहादुर पुनले जानकारी दिए ।

कार्यक्रममा उपस्थिति सरोकारवालाले सो कार्यक्रम र कार्यकमको बजेटिङ प्रक्रियाको बारेमा चासो व्यक्र गरेका थिए । र सो सम्बन्धमा छलफल समेत भएको थियो । छलफलमा सम्बन्धित कार्यलयले चित्तबुझ्दो जफाब दिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि आनन्द कुमार श्रेष्ठले देश कृषि प्रधान भए पनि बैदेशिक ऋण गरेर कृषि क्षत्रमा लगानी गरेको कारणले सबै कार्यक्रम किसानमैत्री नभएर केही अनावश्यक कार्यक्रम दबाबमा राख्नुपर्ने बाध्यता रहेको स्विकार गरे ।

जिल्ला समन्वय प्रमुखले कृषि र पशु सम्बन्धित काम हरेक किसानलाई थाहा पाउने र लाभ लिने गरि गर्न निर्देशन दिए । कृषि तथा पशु कार्यलयले वितरण गर्ने मेसिनरी कार्यक्रममा मेसिन लाने फम , समूह र सहकारी ले किसानको दुर्घटना बीमा अनिवार्य गर्न निर्देशन दिए । दुर्घटना हुने मेसिनरी सामाग्री हस्तान्तरण पुर्व बीमालेख कार्यलयलाई सरोकारवाला बुझाएपछि मात्र अनुदानमा दिने मेसिन हस्तान्तरण गर्नु हुन अनुरोध गरे ।

बार्षिक रु २०० मा १ लाखको दुर्घटना बीमा गर्दा मेसिनको कारणले चोटपटक लाग्दा १ लाख बराबरको औषधि उपचार , पुर्ण रुपमा किसान अङ्गभङ्ग वा मृत्यु भएमा १ लाख रुपैयाँ बराबरको सुबिधा बीमा कम्पनी बाट प्राप्त हुने हुदा दुर्घटना बीमा कार्यक्रम लाई समावेश गर्न समेत उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS