IME Life New

राजेन्द्र खेतानलाई राष्ट्र बैंकले गरेको जरिवानाले कर्पोरेट साहूहरूलाई सिकाएको पाठ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंक लिमिटेडका संस्थापक सेयरधनी राजेन्द्र खेतानलाई जरिवाना गरेको प्रसङ बैंकिङ सुशासनको लागि उदाहरण बनेको छ। राष्ट्र बैंकले बैंकिङ ऋण दुरूपयोग गरेको घटनामा लामो समयपछि संस्थापक शेयरधनीविरूद्ध यस्तो कारवाही गरेको हो ।

आफू संस्थापक रहेको वा आधारभूत शेयरधनी रहेको बैंकबाट शेयरधनीले ऋण सुविधा उपभोग गर्न नपाउने भएपनि खेतानले संस्थागत सुशासनको उलंघन गर्दै १२ करोड रूपैयाँभन्दा बढी ऋण लिएर दुरूपयोग गरेका थिए । खेतानको नाममा  लक्ष्मी सनराइज बैंकमा १ प्रतिशतभन्दा बढी संस्थापक शेयर स्वामित्व रहेको छ ।

Esewa
Crest

आफूले नै प्रवर्द्धन गरेको निर्जीवन बीमा कम्पनीबाट आफ्नै लगानी रहेको मायोज चाउ चाउ(जनागल बनेपा) उद्योगमा आगलागीबाट भएको क्षतिको सम्बन्धमा अनुसन्धान नसकिंदै खेतानले क्षतिपूर्ती दाबी लिएका थिए । पछि यो विषयमा पनि तत्कालीन बीमा समितिले कारवाही गरेको थियो ।

राष्ट्र बैंकको कारवाहीले वित्तीय क्षेत्र सरहको बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणलाई समेत संस्थागत सुशासनका लागि पदीय दुरूपयोग गर्ने संस्थापक र सञ्चालक विरूद्ध कारवाहीको लागि नैतिक दबाब पर्ने देखिएको छ। बीमा कम्पनीका संस्थापकले आफू समेत साझेदार रहेको कम्पनीमा बीमा कम्पनीको पूँजी लगानी गरेका छन् ।

राष्ट्र बैंकका अनुसार व्यापारी खेतानले सिधै आफ्नो नाममा नभइ आफू निकटका व्यापारी पंकज झुनझुनवालाको  नाममा ऋण प्रवाह गर्न लगाएर ऋण सुविधा उपभोग गरेका हुन् । राष्ट्र बैंकका अनुसार झुनझुनवालाको नाममा प्रवाह भएको १२ करोड कर्जामध्ये ११ करोड ४४ लाख रूपैयाँ खेतानले आफ्नो बैंक खातामा ट्रान्सफर गराएका थिए। राष्ट्र बैंकका अनुसार ऋणी झुनझुनवालाको नाममा जारी भएको कर्जाको ब्याजवापतको रकम खेतानको खाताबाट ट्रान्सफर गराएर भुक्तानी गरिएको थियो ।

लक्ष्मी बैंकको संस्थापक शेयर धनी रहेका खेतानले बैंकको स्थापनाको समयदेखि नै ऋण रकमको दुरूपयोग गरेको हुन सक्ने आंशका गरिएको छ। यसपटक भने लक्ष्मी बैंक र सनराइज बैंकको मर्जरका कारण साबिक सनराइज बैंककका कर्मचारीले यो अति गोप्य कारोबारबारे जानकारी पाएर राष्ट्र बैंकको नोटिसमा ल्याएको हुन सक्ने आशंका गरिएको छ।

खेतानले राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थालाई जारी एकीकृत निर्देशिका २०८० को इप्रा निर्देशन नं ६।८० को बुँदा ८ ९ख० मा भएको व्यवस्था उल्लंघन गरेकाले राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा २ अनुसार १० लाख रूपैयाँ जरिवाना गरिएको हो।

लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरपछि लक्ष्मी बैंकको ऋणी रहेकै कारण सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले एकीकृत कारोबार शुरू गरेपछि लक्ष्मी सनराइज बैंकको सञ्चालक समितिबाट बाहिरिनु परेको थियो । मर्जर अघि दुगडलाइ अध्यक्ष चयन गर्न दुबै पक्षबीच भद्र सहमति भएपनि उनको समूहको नाममा लक्ष्मी बैंकबाट ऋण लगानी गरिएकाले एकीकृत कारोबार शुरू भए लगत्तै दुगडले सञ्चालक समितिबाटै राजीनामा दिनु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%
happy

खुसी

0%
sad

दु :खी

14%
amazed

अचम्मित

14%
excited

उत्साहित

14%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS