IME Life New

राजनीतिज्ञले केही कम्पनीको नामै तोकेर अभिव्यक्ति दिनु खेदजनकः शेयर लगानीकर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर लगानीकर्ताका छाता संगठनहरुले केही राजनीतिज्ञले सदन र सार्वजनिक कार्यक्रममै पुँजीबजारलाई प्रभाव पार्ने गरी केही कम्पनी (स्क्रिप्ट)को नामै तोकेर अभिव्यक्ति दिनु खेदजनक रहेको प्रतिक्रिया दिएका छन्।

जनरल इन्भेस्टर एसोसिएसन, नेपाल शेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, साधारण लगानीकर्ता संघले आज संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्। ‘दुई ठूला राजनीतिक दल र अन्य दलहरुसमेत मिलेर सरकार गठन पश्चात आमलगानीकर्तामा एउटा आशा पलाएको थियो, त्यो हो नीतिगत स्थिरता’, विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक क्षेत्र चलायमान बनाउनका लागि सरकार र राष्ट्र बैंकले सकारात्मक कदम चालेसँगै पुँजीबजार आफ्नो लयमा चलिरहेको थियो। ३२०० को बिन्दुबाट १८०० को विन्दुसम्म आइपुग्दा लगानीकर्ताले २५ खर्बभन्दा बढी रुपैयाँ गुमाइसकेको अवस्थामा कुनै पनि नियमक निकायबाट वा सांसदहरुबाट पुँजीबजार विषयमा कुनै पनि आवाज उठेन, लगानीकर्ता तड्पिरहे। अहिले बजार केही करेक्सनको अवस्थामा चलिरहेको छ।’

Esewa
Crest

यसैबीच कसैका प्रभावमा प्रकाश शरण महत, अमरेशकुमार सिंह, राजन दाहाललगायत अन्य सांसदबाट समेत बजार आफ्नै लयमा चलिरहेको अवस्थामा सदन र सार्वजनिक कार्यक्रममा पुँजीबजारको सम्बन्धमा केही स्क्रिप्टको नामै तोकेर अभिव्यक्ति दिनु अत्यन्त खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ। ‘यसमा पुँजी बजारमा संलग्न संस्थाहरूको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ।

पुँजीबजार लगानीकर्ताको माग र आपूर्तिका कारणले चल्ने बजार रहेको विज्ञप्तिमा स्पष्ट पारिएको छ। ‘देशमा लगानीको वातावरण फराकिलो हुँदै जाँदा पुँजीबजार पनि विस्तारै बढ्दै जान्छ र लगानीकर्ताले आफूले चाहेको कम्पनीमा लगानी गर्न पाउँछन्’, विज्ञप्तिमा भनिएको छ, ‘कम्पनी कति सुरक्षित छ छैन भन्ने कुरा लगानीकर्ता स्वयंले निर्धारण गर्ने कुरा हो। जनताकै प्रतिनिधित्व गर्ने सांसदले सदनमा जुन खालका अभिव्यक्तिहरु दिनुभएको छ उक्त अभिव्यक्तिहरु तत्काल फिर्ता गर्न र अब आइन्दा यस्ता खालका अभिव्यक्तिहरु नियमक निकाय, सांसद जोसुकैले दिए पनि सैह्य नहुने कुरा चेतावनी दिन चाहन्छौँ।’

यदि बजारमा चलखेल भएको भए यसलाई नियमन गर्ने संस्थाले स्वतन्त्र रुपमा सूक्ष्म अध्ययन गरी छानबिन गर्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ। ‘यसमा हामी साथ दिन तयार छौँ’, विज्ञप्तिमा भनिएको छ।

पुँजीबजारको सम्बन्धमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूबाट जथाभावी अभिव्यक्ति दिने कार्य तत्काल बन्द गर्न लगानीकर्ता संघसंगठनले अपिल गरेका छन्। ‘नियमक निकायले यस्ता अभिव्यक्ति दिने व्यक्तिहरु माथि छानबिन गरी कारबाही गर्न र अभिव्यक्तिबाट दुई खर्बभन्दा बढी क्षति हुन गएकोले सो क्षति सम्बन्धित व्यक्तिबाट असुल उपर गराउन समेत माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘साथै, यस्ता अभिव्यक्ति दिने सार्वजनिक पद धारण गरेका व्यक्तिको विरुद्धमा एकजुट हुन र आवश्यक परे सशक्त प्रतिकार गर्नको लागि आम लगानीकर्ताहरुलाई समेत आह्वान गर्दछौँ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS