IME Life New

राजधानीसहित देशैभरिका शहरहरु जलमग्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अविरल वर्षासँगै राजधानी काठमाडौंसहित देशैभरि जल सतह बढेको छ । जल सतह बढेसँगै तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरु जोखिममा परेका छन् । राजधानी काठमाडौंसहित देशैभरिका शहरहरुमा जल सतह बढ्न थालेसँगै उद्योग व्यवसायमा समेत जोखिम बढेको छ ।

राजधानी काठमाडौको कपन, मनोहरा, बालकुमारी, बल्खु, सानेपा लगायतका क्षेत्रका कैयौं घरहरुमा वर्षातको पानी पसेको छ । पानी पसेसँगै गोदाममा राखिएका मालबस्तुहरुमा क्षति पुगेको अनुमान गरिएको छ । ललितपुरको गोदावरी खोलामा निकै ठूलो बाढी आएको छ । बाढीका कारण इमाडोल, लुभुको तल्लो तटीय क्षेत्रमा बाढीले असर गरेको छ । त्यस्तै नख्खु खोलामा पनि बाढी भएको छ ।

Esewa
Crest

त्यस्तै सर्लाही, रौतहटमा समेत बाढीले असर गरेको छ । बाढी बस्तीमा पसेको स्थानीयबासीले जनाएका छन् । बाढीका कारण जनकपुर, पर्सा र बारामा समेत असर गरेको स्थानीयको भनाई छ ।

जल तथा मौषम विज्ञान विभागका अनुसार आगामी तीन दिन अझै लगातार बर्षात हुने जनाएको छ । हिजोदेखि परेको पानी आज पनि दिनभरि नै देशैभरि परिरहेको विभागको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS