IME Life New

रवि लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न कास्की अदालतको आदेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीश नितिज राईको इजलाशले बिहीबार लामिछाने पक्राउ परेको ८५ दिनपछि कास्की प्रहरी हिरासतबाट मुक्त गर्न आदेश दिएको हो। इजलाशले अन्य प्रतिवादीहरु छबिलाल जोशी, लिला पछाईं र रामबहादुर खानाललगायतलाई पनि हिराशतमुक्त गर्न आदेश दिएको छ।

Esewa
Crest

सूर्यदर्शन सहकारी प्रकरणमा गत कात्तिक २ गते लामिछानेलगायतलाई प्रहरीले पक्राउ गरेको थियो। कास्की अदालतको आदेशसँगै लामिछाने पक्राउ परेको ८५ दिनपछि कास्की प्रहरी हिरासतबाट मुक्त हुनेछन्।

यसैगरी अदालतले अन्य प्रतिवादीहरु छविलाल जोशी, लीला पछाईं र रामबहादुर खानाललगायतलाई पनि थुनामुक्त गर्न आदेश दिएको छ। सूर्यदर्शन सहकारी प्रकरणमा गत कात्तिक २ गते लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीको अनुसन्धानपश्चात गत पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको थियो। सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरिएको थियो।

लामिछानेसहित १९ जनाविरुद्ध भने संगठित अपराधमा समेत मुद्दा चलाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS