IME Life New

रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं अदालतको आदेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा आजको थुनछेक बहसपछि जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका हुन्। अदालतमा लामिछाने र जीबी राईको संयुक्त रुपमा ५ करोड ८ लाख ६८ हजार ६३३ रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो।

Esewa
Crest

अदालतमा पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी तथा लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरेका थिए।

यसअघि पोखराको सूर्यदर्शन सहकारीको बचत गैरकानुनी रुपमा गोर्खा मिडियामा आएको मुद्दामा जिल्ला अदालत कास्कीले पनि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS