IME Life New

यो साता २१% देखि ६१% सम्म रिटर्न दिने १० कम्पनी कुन–कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा यो साता ५ दिन कारोबार भएको छ। जसमा ३ दिन बजार बढ्यो भने २ दिन घटेको छ।

गत साता नेप्से परिसूचक २६७५.५१ को विन्दुमा बन्द भएको थियो। यो साता २७४८.७८ को विन्दुमा बन्द भएको छ। यस हिसाबले यो नेप्से ७३.२७ अंकले बढेको छ।

Esewa
Crest

यो साता नेप्से उपसमूहमा रहेका १२ समूह बढेको छ भने व्यापार समूहमात्रै घटेको छ। बजार बढ्दा लगानीकर्ता केही कम्पनीहरुबाट राम्रै कमाइ गरेका छन्। यो बजारबाट एउटै कम्पनीबाट करिब ६१ प्रतिशतसम्म लगानीकर्ताले रिटर्न पाएका छन्।

बजारमा यो साता सर्वाधिक रिटर्न दिने कम्पनीमा गुराँस लघुवित्त रहेको छ। यो लघुवित्तले लगानीकर्तालाई एकै सातामा ६०.९५ प्रतिशत रिटर्न दिएको छ। गत साता प्रतिकित्ता १९०० रुपैयाँ रहेको शेयरभाउ यो साता बढेर ३०५८ रुपैयाँ पुगेको छ।

दोस्रो धेरै रिटर्न दिनेमा श्रृजनशील लघुवित्त रहेको छ। यो लघुवित्तले लगानीकर्तालाई ३१.६७ प्रतिशत रिटर्न दिएको छ। गत साता प्रतिकित्ता १९३७ रुपैयाँ रहेको शेयरभाउ यो साता बढेर २५५०.५० रुपैयाँ पुगेको छ।

त्यस्तै सुपर मादी हाइड्रोपावर यो साता उच्च रिटर्न दिने तेस्रो कम्पनी हो। यो कम्पनीले लगानीकर्तालाई ३०.३७ प्रतिशत रिटर्न दिएको छ। गत साता ६७५ रुपैयाँ रहेको कम्पनीको शेयरभाउ यो साता बढेर ८८० रुपैयाँ पुगेको छ।

यो साता बजारमा धेरै रिटर्न दिने १० कम्पनीको सूचीमा नारायणी डेभलपमेन्ट बैंक चौथो र सपोर्ट माइक्रोफाइनान्स पाँचौँ स्थानमा रहेका छन्। यी कम्पनी क्रमशः २८.७६ प्रतिशत र २७.५१ प्रतिशत रिटर्न दिएका छन्। गत साता नारायणीको शेयरभाउ ७४१.७० रुपैयाँ रहेकोमा यो साता बढेर ९५५ रुपैयाँ पुगेको छ भने सपोर्ट माइक्रोफाइनान्सको शेयरभाउ १८४३ रुपैयाँबाट बढेर २३५० रुपैयाँ पुगेको छ।

शीर्ष १० रिटर्न दिने कम्पनीको सूचीमा मकर जितुमाया सुरी हाइड्रोपावर (छैटौँ), जानकी फाइनान्स (सातौँ), मानुषी लघुवित्त (आठौँ), बलेफी हाइड्रोपावर (नवौँ) र धौलागिरी लघुवित्त (दसौँ) स्थानमा रहेका छन्। यी कम्पनीहरुको शेयरभाउ क्रमशः २५.८० प्रतिशत, २४.६१ प्रतिशत, २३.५१ प्रतिशत, २१.५९ प्रतिशत र २१.३४ प्रतिशतले बढेको छ।

मकर जितुमाया सुरी हाइड्रोपावरको शेयरभाउ ५९६.२० रुपैयाँबाट बढेर ७५० रुपैयाँ, जानकी फाइनान्सको ७९०.४० रुपैयाँबाट बढेर ९८४.९० रुपैयाँ, मानुषी लघुवित्तको शेयरभाउ १७१० रुपैयाँबाट बढेर २११२ रुपैयाँ, बलेफी हाइड्रोपावरको शेयरभाउ ३३७.२० रुपैयाँबाट बढेर ४१० रुपैयाँ र धौलागिरी लघुवित्तको शेयरभाउ १४०१ रुपैयाँबाट बढेर १७०० रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS