IME Life New

यो साता सवा २०० अंकले घटेको बजारमा १०% देखि ३१% सम्म रिटर्न दिने कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता शेयर बजारमा भारी गिरावट आएको छ। चार दिनको कारोबारमा बजार परिसूचक नेप्से २२४.८९ अंकले घटेको हो। यो साता बिहीबार नेप्से २७४९.५७ को विन्दुमा बन्द भएको छ। गत साता बिहीबार नेप्से २९७४.४६ को विन्दुमा बन्द भएको थियो। बजार सबै १३ वटै उपसमूहमा गिरावट आएको छ।

बजार घट्दा यो साता बिहीबार नेप्सेको कुल बजार पुँजीकरण घटेर ४३ खर्ब ६६ अर्ब ८८ करोड ६० लाख रुपैयाँमा झरेको छ। अघिल्लो साता बिहीबार नेप्सेको कुल बजार पुँजीकरण ४७ खर्ब २४ अर्ब ५ करोड ९३ लाख रुपैयाँ थियो। यो साताका लगानीकर्ताहरुको सम्पत्ति ३ खर्ब ५७ अर्ब १७ करोड ३२ लाख रुपैयाँले घटेको छ।

Esewa
Crest

शेयर बजार करिब सवा २०० अंकले घट्दा केही शेयरले भने लगानीकर्तालाई मालामाल बनाएको छ। यो साता एउटै कम्पनीको शेयरबाट लगानीकर्ता ३१ प्रतिशत माथिसम्म रिटर्न पाएका छन्।

यो साता आत्मनिर्भर लघुवित्तका शेयरधनीहरुले ३१.१५ प्रतिशतसम्म रिटर्न पाएका छन्। गत साता बिहीबार प्रतिकित्ता ३ हजार १११ रुपैयाँमा अन्तिम कारोबार भएकोमा यो साता बिहीबार बढेर प्रतिकित्ता ४ हजार ८० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यसैगरी दोस्रो धेरै रिटर्न दिने कम्पनीमा उपकार लघुवित्त रहेको छ। यो लघुवित्तले शेयरधनीहरुलाई १९.१० प्रतिशत रिटर्न दिएको छ। गत साता बिहीबार प्रतिकित्ता २ हजार ८८० रुपैयाँमा अन्तिम कारोबार भएकोमा यो साता बढेर ३ हजार ४३० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

थ्री स्टार हाइड्रोपावरका शेयरधनीहरु पनि यो साता मालामाल भएका छन्। गत साता बिहीबार प्रतिकित्ता ९४६ रुपैयाँमा अन्तिम कारोबार भएकोमा यो साता बिहीबार १ हजार १०७.९० रुपैयाँ अन्तिम कारोबार भएको छ। यो साता यस कम्पनीको शेयरभाउ अघिल्लो साताको तुलनामा १७.११ प्रतिशतले बढेको छ।

यसैगरी अघिल्लो साताको तुलनामा यो साता मिड सोलु हाइड्रोपावरको शेयरभाउ १४.१८ प्रतिशत र माई खोला हाइड्रोपावरको १०.२१ प्रतिशतले बढेको छ। यो साता मिड सोलुको प्रतिकित्ता १ हजार ८० रुपैयाँ र माई खोलाको ६८० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

13%
sad

दु :खी

13%
amazed

अचम्मित

0%
excited

उत्साहित

75%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS