IME Life New

यो साता शेयर बजारमा रौनक, सबै सेक्टरमा हरियाली, कति बढ्यो लगानीकर्ताको सम्पत्ति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मौद्रिक नीति सकारात्मक आउने अपेक्षाका साथ यो साता शेयर बजारमा रौनक देखिएको छ। मौद्रिक नीति आज सार्वजनिक भएपछि यसको सकारात्मक प्रभाव यो साता देखिएको छ।

शेयर बजार सूचक यो साता करिब ६ प्रतिशतले बढेको छ। अघिल्लो साता २४२४.३२ मा बन्द भएको बजार यो साता २५६८.१३ को विन्दुमा बन्द भएको छ। यो साता १४३.८१ प्रतिशतले बढेको छ। पाँच कारोबार दिनमा बजार ४ दिन बढेको छ भने १ दिन घटेको छ।

Esewa
Crest

करिब डेढ सय अंकको बढोत्तरी देखिएको बजारमा यो सबै उपसमूह उकालो लागेको छ। अघिल्लो साताको तुलनामा सबैभन्दा धेरै व्यापार समूह ११.६७ प्रतिशतले बढेको छ।

यसैगरी दोस्रो धेरे बढ्नेमा उत्पादन तथा प्रशोधन समूह रहेको छ। अघिल्लो साताको तुलनामा ८.७४ प्रतिशतले बढेको छ।

लघुवित्त समूह पनि ७.९७ प्रतिशतले बढेको छ। जुन तेस्रो सर्वाधिक बढाइ हो।

अघिल्लो साताको तुलनामा निर्जीवन बीमा समूह ७.९४ प्रतिशत, होटेल तथा पर्यटन समूह ७.८५ प्रतिशत, वित्त समूह ७.३६ प्रतिशत, जीवन बीमा समूह ६.५८ प्रतिशत, जलविद्युत समूह ५.४६ प्रतिशत, बैंकिङ समूह ५.१७ प्रतिशत, लगानी समूह ४.४९ प्रतिशत, अन्य समूह ४.३० प्रतिशत, म्युचुअल फन्ड समूह ३.४१ प्रतिशत र विकास बैंक समूह २.८२ प्रतिशतले बढेका छन्।

शेयर बजारमा रौनक आउँदा कुल बजार पुँजीकरण पनि पौने ४१ खर्ब रुपैयाँ नजिक पुगेको छ। अघिल्लो साता ३८ खर्ब ४६ अर्ब ६९ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण यो साता बढेर ४० खर्ब ७४ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। यो साता लगानीकर्ताको सम्पत्ति २ खर्ब २८ अर्ब १८ करोड रुपैयाँले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS