IME Life New

यो साता बजार बढेसँगै कारोबार पनि बढ्यो, अरु के भयो?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बजारमा खरिद चाप आए सँगै यो साता नेप्से परिसुचक बढेको छ । अघिल्लो साताको तुलनामा यो साता बजारमा लगानीकर्ताहरु आक्रमक भएको देखिन्छ । अघिल्लो साताको तुलनामा यो साता नेप्से परिसुचक ५२ दशमलव ३८ अंकले बढेको छ । अघिल्लो साता नेप्से परिसुचक १४५८ दशमलव ०४ अंकको विन्दुमा कायम भइ बन्द भएको थियो भने यो साता नेप्से परिसुचक १५१० दशमलव ४२ अंकको विन्दुमा गएर बन्द भएको छ ।

यो साता दोश्रो बजारमा ११ अर्ब ९० करोड २४ लाख रुपैयाँ भन्दा बढीको शेयर खरीदविक्री भएको छ । गत साता ९ अर्ब ७४ करोड ३ लाख रुपैयाँ भन्दा बढीको मात्र शेयर किनबेच भएको थियो । गत साताभन्दा यो साता कारोबार रकममा २ अर्ब १६ करोड २० लाख रुपैयाँको बृद्धि देखिएको छ ।

यो सबैभन्दा धेरै कारोबार हुने १० कम्पनीहरुमा नेपाल पुनर्बीमा कम्पनी, एनआइसी एशिया बैंक, नेको इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सिवम् सिमेन्ट, शिखर इन्स्योरेन्स कम्पनी, हिमालय डिस्टलरी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनी रहेका छन् ।

Esewa
Crest

यो साता धेरै कारोबार हुने १० कम्पनीहरु

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS