IME Life New

यो साता ठूलो अंक गुमाएको शेयर बजार आगामी हप्ता के होला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता शेयर बजारमा ४ दिनमात्रै कारोबार भएको छ। एक दिन सार्वजनिक बिदा परेकोले शेयर कारोबार भएन।

चार दिनको कारोबारमा बजार परिसूचक नेप्से २२४.८९ अंकले घटेको छ। हिजो बिहीबार नेप्से २७४९.५७ को विन्दुमा बन्द भएको छ। गत साता बिहीबार नेप्से २९७४.४६ को विन्दुमा बन्द भएको थियो। बजार सबै १३ वटै उपसमूहमा गिरावट आएको छ।

Esewa
Crest

बजार घट्दा यो साता बिहीबार नेप्सेको कुल बजार पुँजीकरण घटेर ४३ खर्ब ६६ अर्ब ८८ करोड ६० लाख रुपैयाँमा झरेको छ। अघिल्लो साता बिहीबार नेप्सेको कुल बजार पुँजीकरण ४७ खर्ब २४ अर्ब ५ करोड ९३ लाख रुपैयाँ थियो।

यो साताका लगानीकर्ताहरुको सम्पत्ति ३ खर्ब ५७ अर्ब १७ करोड ३२ लाख रुपैयाँले घटेको छ।

बजार जानकार गणेश घिमिरे २८०० को विन्दुबाट बजार माथि लाग्न थालेपछि ठूला लगानीकर्ता प्रवेश गर्न नपाएको बताउँछन्। ‘उनीहरुले आफ्नो क्षमताको १० प्रतिशतमात्रै लगानी गरेर बसेका छन्, उच्च विन्दुमा उनीहरु बजार प्रवेश गर्न चाहिरहेका थिएनन्’, घिमिरेले भने, ‘त्यही भएर बजार एकाएक यो साता खसेको हो।’

अब आगामी साताबाट बजार फर्किन सक्ने घिमिरेको भनाइ छ। ‘ठूला लगानीकर्ता आगामी साताबाट बजार पस्न सक्छन्, त्यसपछि फेरि बजारले गति लिन सक्छ’, उनले भने।

सक्रिय लगानीकर्ता वसन्त पण्डित चाडपर्व सुरु भएकोले शेयर बजारमा प्रभाव परेको बताउँछन्। ‘अहिले धमाधम व्यापारीहरुले शेयर बजारबाट पैसा झिकेर चाडपर्वमा चाहिने सामान ल्याउन थालेका छन्, त्यही भएर शेयर बजारमा बिक्रीचाप देखिएको हो’, उनले भने, ‘ती व्यापारीले ३००० को उच्च विन्दुबाट शेयर बेच्न थाले, अनि बजार घट्यो।’

अब बिक्रीचाप सकिएकोले अर्को साताबाट बजार फर्किने सक्ने पण्डितको अनुमान छ। ‘किनकि एकथरी व्यापारले बजारबाट पैसा झिके, अब पर्ख र हेरको अवस्थामा बसेका ठूला लगानीकर्ता बजार पस्ने सम्भावना छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS