IME Life New

यो साता कुन बीमा कम्पनीका शेयरधनी भए मालामाल ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ। यो साता एउटा बीमा कम्पनीलाई छोडेर हेर्दा सबै बीमा कम्पनीहरुको शेयर बजारमा मूल्य वृद्धि भएको छ। यसको अर्थ यो साता बीमा कम्पनीहरुको लागि यो साता सुखत रहेको बुझ्न सकिन्छ ।

जीवन बीमा तर्फ प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्य ४२ प्रतिशतले वृद्धि भएको छ । आईपिओ सूचीकरण भए पश्चात निकै तल शेयर कारोवार भएकोले गर्दा थोरै कित्ता कारोवार भएपनि कम्पनीको बजार मूल्य प्रत्येक दिन जस्तो सर्किट लागेर वृद्धि भएको थियो । त्यस्तै एलआइसी नेपालको बजार मूल्य ९ दशमलव ७० प्रतिशतले वृद्धि भएको छ। सबै जीवन बीमा कम्पनीको बजार मूल्य गत हप्ता भन्दा वृद्धि भएको छ।

निर्जीवन बीमा तर आईएमई जनरल इन्स्योरेन्सको बजार मूल्य सर्वाधिक २४ प्रतिशतले वृद्धि भएको छ । गत साता ६७६ मा कम्पनीको बजार मूल्य बन्द भएकोमा यो साता सम्म आउँदा कम्पनीको बजार मूल्य ८४० रुपैया प्रति कित्तामा बन्द भएको छ। त्यस्तै दोश्रोमा सिद्धार्थ इन्स्योरेन्सको बजार मूल्य सर्वाधिक १० दशमलव ९० प्रतिशतले वृद्धि भएको छ। यो साता हिमालयन जनरल इन्स्योरेन्सको शेयर मूल्य मात्र घटेको छ। गत साता हिमालायन जनरल इन्स्योरेन्सको शेयर मूल्य ७१९ प्रति कित्ता बन्द भएकोमा यो साता ७११ प्रति कित्ता बन्द भएको छ।

Esewa
Crest


नेपालको एक मात्र पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य भने सामान्य वृद्धि भएको छ। नेपाल पुनर्बीमाको शेयर मूल्य ४ रुपैयाँले मात्र वृद्धि भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS