IME Life New

यो साता उच्च रिटर्न दिने सबै १० कम्पनी हाइड्रो, कुनबाट लगानीकर्ताले कति कमाए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ सरकार र अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएपछि यो साता शेयर बजारमा उछाल आएको छ। यो साता नेप्से परिसूचक २१९.७१ अंकले बढेर २४२४.३२ को विन्दुमा बन्द भएको छ। नेप्से करिब १० प्रतिशतले बढेको छ।

यो साता लगानीकर्तालाई मालामाल बनाउने १० कम्पनीमा सबै जलविद्युत छन्। यो साता यी १० कम्पनीले लगानीकर्तालाई २१ प्रतिशतदेखि २९ प्रतिशतसम्म रिटर्न दिएका छन्।

Esewa
Crest

सर्वाधिक रिटर्न दिनेमा रिडी पावर रहेको छ। यो कम्पनीको शेयरभाउ २९.४६ प्रतिशतले बढेको छ। गत साता १६७ रुपैयाँ रहेको यो कम्पनीको शेयरभाउ यो साता २१६.२० रुपैयाँ पुगेको छ।

यसैगरी दोस्रो धेरै रिटर्न दिने कम्पनीमा सिक्लेस हाइड्रोपावर रहेको छ। यो कम्पनीले लगानीकर्तालाई २७.८९ प्रतिशत रिटर्न दिएको छ। गत साता ७६० रुपैयाँ शेयरभाउ रहेकोमा यो साता बढेर ९७२ रुपैयाँ पुगेको छ।

तेस्रो धेरै रिटर्न दिने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ। यो कम्पनीको शेयरभाउ २६.४२ प्रतिशतले बढेको छ। गत साता शेयरभाउ १५९ रुपैयाँ रहेकोमा यो साता बढेर २०१ रुपैयाँ पुगेको छ।

यी हुन् उच्च रिटर्न (प्रतिशतमा) दिने बाँकी ७ कम्पनी

  • माथिल्लो मैलुङः २५.७३ प्रतिशत
  • मन्दाकिनी हाइड्रोपावरः २५.२० प्रतिशत
  • हिमाल दोलखा हाइड्रोपावरः २५.०६ प्रतिशत
  • सिंगटी हाइड्रोपावरः २४.६२ प्रतिशत
  • पञ्चकन्या माई हाइड्रोपावरः २४.०४ प्रतिशत
  • चिलिमे हाइड्रोपावरः २२.३० प्रतिशत
  • नेसनल हाइड्रोपावरः २१.३६ प्रतिशत

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS