IME Life New

यो साता रु. २७०० बढ्यो सुनको भाउ, चाँदीको मूल्यमा नयाँ कीर्तिमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँले बढेको छ।

यो साताको सुनको भाउ ४ दिन बढ्यो भने १ दिन स्थिर रहेको छ। आज अन्तिम कारोबार दिन शुक्रबार भने सुनको भाउ घटेको छ।

Esewa
Crest

यही साताको सुनको भाउ दैनिकजसो नयाँ कीर्तिमान पनि बनाएको छ। गत मंसिर ११ गते सुनको भाउ १ लाख १७ हजार ४०० रुपैयाँ थियो। सुनको यो भाउले गत कात्तिक १३ रेकर्ड ब्रेक गर्दै नयाँ कीर्तिमान बनाएको थियो। तर, भोलिपल्टै मंसिर १२ पुनः सुनको भाउ नयाँ कीर्तिमान बनाउँदै तोलाको १ लाख १७ हजार ७०० रुपैयाँको उचाइमा पुगेको थियो।

सुनको भाउले फेरि गत मंसिर १३ गते नयाँ रेकर्ड कायम गर्यो। यो दिन सुनको भाउ तोलाकै १ लाख १९ हजार ३०० रुपैयाँ पुग्यो। हिजो बिहीबार (मंसिर १४ गते पनि सुनको भाउ स्थिर रहँदै तोलाको १ लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज शुक्रबार (मंसिर १५ गते) भनेको तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला छापाला सुन १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार ४५० रुपैयाँ कायम भएको छ।

आज चाँदीको भाउ भने तोलामा २० रुपैयाँले बढेर १ हजार ५४० रुपैयाँमा कायम भएको छ। चाँदीको यो भाउ हालसम्मकै उच्च हो। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS