IME Life New

यूनियन लाईफ इन्स्योरेन्सका बीमा योजनाहरु गरिमा बिकाश बैंकबाट खरिद गर्न सकिने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

यूनियन लाईफ इन्स्योरेन्स र गरिमा विकास बैंकबीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । आईतबार आयोजित एक कार्यक्रमका बीच सो सम्बन्धी समझदारीपत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत-गोविन्द प्रसाद ढकाल र यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमूख कार्यकारी अधिकृत-मनोज कूमार लाल कर्णले हस्ताक्षर गरेका छन् ।

सो सम्झौतापश्चात गरिमा विकास बैंकका ग्राहकहरुले बैंकका सम्पुर्ण ६० वटा शाखा कार्यालयबाट यूनियन लाईफ इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्नेछन् ।
जीवन बीमा ब्यवसायको माध्यमबाट देशभर छरिएर रहेकोे आर्थिक श्रोत र साधनलाई जीवनबीमा शुल्कका रुपमा संकलन गरी देशको आर्थिक बिकासमा योगदान पुर्याउने र समग्र नेपालीहरुको आर्थिक जीवनस्तर सुदृढ तुल्याउने अभिप्रायले स्थापित यूनियन लाइफ इन्स्योरेन्स पछिल्लो समय बीमा बजारमा निकै आक्रामक तथा सफल देखिएको छ।

Crest

कम्पनीले हाल विभिन्न १० किसिमका बीमा योजनाहरु संचालन गरेको जनाएको छ । कम्पनीका बीमा योजनाहरुमध्ये अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजना र बार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना लोकप्रिय बन्दै गैरहेको कम्पनीले जनाएको छ।

युनियन लाईफले नयाँ जीवन बीमा कम्पनीहरु माझ उल्लेख्य बीमा शुल्क जम्मा गरेर नेतृत्व गरिरहेको छ। युनियन लाईफले गत आर्थिक वर्ष बीमा क्षेत्रमा इतिहाश रच्दै सबैभन्दा धेरै ८६ करोड ५० लाखको व्यवसाय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS