IME Life New

यूएसएडबाट सञ्चालित कार्यक्रमका विषयमा सञ्चार माध्यममा आएका समाचारप्रति अर्थको ध्यानाकर्षण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थ मन्त्रालयले अमेरिकी सहयोग नियोग (यूएसएड)बाट सञ्चालित कार्यक्रमहरुका विषयमा सञ्चार माध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो। ‘विगत केही दिनदेखि यूएसएडबाट सञ्चालित कार्यक्रमहरुका सम्बन्धमा सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका समाचार र टिप्पणीप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ।

Esewa
Crest

नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको विकासमा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाले विगत लामो समयदेखि सहयोग गर्दै आएको मन्त्रालयले जनाएको छ। ‘यूएसएडबाट नेपालमा सन् १९५१ देखि निरन्तर रुपमा अनुदान सहायता मार्फत विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसैबीच अमेरिकी राष्ट्रपतिबाट २० जनवरी २०२५ मा जारी कार्यकारी आदेशबमोजिम नेपाल सरकारको बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्वन्धित चारवटा कार्यक्रम ९० दिनका लागि रोकिएको जानकारी प्राप्त भएको छ।’

त्यसैगरी जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी तीनवटा कार्यक्रम डिजाइनका क्रममा रहेकोमा उक्त आदेशबाट रोकिएको मन्त्रालयले स्पष्ट पारेको छ। ‘डिजाइनका क्रममा रहेका उल्लेखित कार्यक्रमहरुका लागि सम्झौता नभइसकेको हुँदा कुनै सहयोग प्राप्त भएको छैन’, विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS