IME Life New

युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट ९५ हजार युवा स्वरोजगार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत हालसम्म ९५ हजार भन्दा बढी स्वरोजगार बनेका छन् । विशेषगरि आर्थिक रुपमा विपन्न १८ वर्ष देखि ६० वर्ष उमेर समूहका वेरोजगार, युवा तथा साना व्यवसायीलाई बिना धितो सुलभ व्याजदरमा व्यवसायिक कर्जा प्रवाह गर्दै आएको कोषले हालसम्म ९५ हजार १६१ जनाको संख्यामा स्वरोजगार सिर्जना गरेको हो ।

नेपाल सरकारद्वारा तत्कालिन अर्थमन्त्रालय अन्र्तगत २०६५ फागुन १९ गतेबाट औपचारिक शुरुवात भएको कोषले स्थापनाको १५ वर्ष पुगेको पूर्वसंध्यामा यस्तो जनाएको हो ।

Esewa
Crest

कोषले विना धितो स्वरोगार कर्जा लगानी, सहुलियत व्याजदरमा कर्जा लगानी, व्यवसायी तथा व्यवसायीको परियोजनाको निःशुल्क बीमा तथा असल कर्जाग्राहीको ब्याजमा ६० प्रतिशत अनुदान लगायतका सेवाहरु दिँदै आएको छ ।

कोषले जनाए अनुसार हालसम्म लक्षित वर्गलाई १२ अर्व ९३ करोड ११ लाख ८५ हजार रुपैयाँ लगानी गरिसकेको कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले जानकारी दिए ।

कोषले स्थापनाको १४ वर्षको अवधीमा ४२ हजार बढी युवा तथा साना व्यवासायीलाई अभिमुखिकरण तालिम, करिव साढे ८ हजार जनालाई सिपमुलक तालिम, विभिन्न संस्थाका ६ हजार जनालाई अनुशिक्षण तालिम दिएको छ ।

नेपाल सरकारबाट प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ अन्तर्गत युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालन नियमावली, २०७७ अनुसार सञ्चालित कोषले सहुलियत व्याजदरमा प्रतिव्यक्ति दुई लाखसम्म आवधिक ऋण उपलब्ध गराई तिनीहरुको आय आर्जनमा वृद्धि गरी जीविकोपार्जनलाई सहज बनाउन भूमिका खेल्नुका साथै उद्यमशीलताको विकास मार्फत मुलुकभित्र स्वरोजगारका अवसर सिर्जना गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

कोषले आर्थिक रुपले विपन्न महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारु, सीमान्तकृत, लोपोन्मुख, अल्पङ्ख्यक, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, द्वन्द्व पीडित तथा पिछडिएको क्षेत्रका व्यक्ति वा समुदाय, गरिब किसान, मजदुर, सुकुम्बासी वा साना व्यवसायी एवं युवाहरु तथा परम्परागत सीप भएका जात जातिहरुलाई व्यवसायिक खेती, पशुपंक्षीपालन, कृषिजन्य उद्योग वा सेवामुलक स्वरोजगार कार्यक्रम लगायतका क्षेत्रमा काम गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS