IME Life New

युवा उद्यमीलाई प्रोत्साहन गर्न मधेश सरकार प्रतिबद्धः मुख्यमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले मधेश प्रदेश गठन गरेको छ । प्रदेश च्याप्टरको आज विरगन्जमा आयोजित विशेष समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश च्याप्टरको शुभारम्भ गर्दै प्रदेश सरकार उद्यमीलाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको बताए । उनले उद्यमशीलताको प्रबद्र्धन गर्न कोष बनाएको भन्दै मुलुकभित्र रोजगारी सिर्जना गर्न उद्यमशीलताको प्रबद्र्धन गर्न आवश्यक रहेको बताए । रोजगारीको अभावमा युवाहरु विदेशिएको अवस्थामा देशभित्रै केही गर्नुपर्छ भन्ने भावनाका साथ युवा उद्यमीहरुलाई संगठित गर्ने कार्यका लागि नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चलाई धन्यवाद समेत दिए । उनले प्रदेशसँगै समग्र मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रसँग मिलेर अगाडि बढिरहेको समेत बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले युवा उद्यमीहरुलाई देशमै केही गर्न सकिन्छ, विदेश जान आवश्यक छैन भन्ने स्थापित गर्न युवाहरुलाई नीतिबाटै सहजिकरण, प्रोत्साहन गर्न आवश्यक रहेको बताए । देशमा रोजगारी बढाउन, औद्योगिकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीहरुलाई प्रोत्साहन, प्रेरणा, हौसला दिन आवश्यक रहेकोमा समेत उनले जोडढ दिए । “विदेशमा अध्ययन गरेर आफ्नै देशमा केही गर्नुपर्छ भनेर आउने युवाहरुको पनि संख्या ठूलो छ । उनीहरुलाई देशमै उद्यम विकासका लागि हौसला प्रदान गर्न आवश्यक छ” भने भने, “यसका लागि स्थानीय, प्रदेश एवं संघीय सरकारले नीतिगत रुपमा सहजीकरण गर्नुर्पछ ।”
नेपाल उद्योग परिसंघ मधेश प्रदेशका अध्यक्ष प्रमोद साहले कानुनी एवं नीतिबाटै युवा उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष आशिष अग्रवालले मधेश प्रदेशको आर्थिक विकासले देशलाई नै समृद्धि दिन सक्ने बताए । त्यसैले मञ्चमार्फत नयाँ अवसरहरू खोज्दै, उद्यमशीलतामा नयापन ल्याउँदै, र देशको आर्थिक विकासमा योगदान पु¥याउने संकल्पका साथ अघि बढ्न चाहेको जनाए ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश च्याप्टरका अध्यक्ष रजत बजाजले देशको महत्वपूर्ण आर्थिक केन्द्र रहेको मधेश प्रदेशका युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न प्रदेश सरकार, स्थानीय सरकारसँग नीतिगत विषयमा समन्वय गर्ने बताए । उनले प्रदेश सरकारले युवा उद्यमीहरुलाई प्रोत्साहन गर्ने, सहकार्य गर्ने विश्वास व्यक्त गरे ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश प्रदेश च्याप्टरको बोर्डमा रजत बजाजसँगै आयोसी तुल्सियाना, अनुनय रुङ्टा, अनुश्री अग्रवाल, दिपक साह रहेका छन् । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च सन् २००८ मा गठन भएको नेपाल उद्योग परिसंघको युवा संगठन हो । मञ्चले युवा उद्यमीहरुलाई प्रोत्साहन, प्रबद्र्धन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्दै सोही अनुरुपका गतिविधि समेत गर्दै आएको छ ।
सोही अवसरमा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश च्याप्टरसँग होटेल लर्डस् दियालो, हेलिङ टच स्पा, म्याजिक बेल्स, होटेल सरोभर, थ्रील फ्याक्ट्री, होटेल इच्छा, वल्र्ड अफ ओन्डर एण्ड स्र्पोट हाउसले सहकार्य गर्ने समझदारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS