IME Life New

युनिलिभर नेपालको साधारण सभा मंसिर १६ गते, लाभांश पारित गर्ने प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले २७ औँ वार्षिक साधारण सभा आब्हान गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न सभा आब्हान गरेको हो ।

कम्पनीले मंसिर १६ गते अपरान्ह ३ः४५ बजे भिडियो कन्फ्रेन्सिङ्गको माध्यमबाट सभा गर्न लागेको जनाएको छ ।

Esewa
Crest

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक २७ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्।

सभामा सञ्चालक समितिले सिफरिस गरेबमोजिम लाभांश स्वीकृत गर्ने, कम्पनीको व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गतको परियोजनाहरुको खर्चहरुलाई पारित गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन लगायतका प्रस्तावहरु रहेका छन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। असोज ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS