IME Life New

युनिलिभर नेपालको नाफा झन्डै २ अर्ब, ईपीएस कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनिलिभर नेपालले आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले समीक्षा वर्षमा १ अर्ब ९७ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ८३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा वर्षमा कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा ७.६३ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा वर्षमा कम्पनीले उत्पादन बिक्रीबाट ८ अर्ब २३ करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष कम्पनीले उत्पादन बिक्रीबाट ८ अर्ब ४८ करोड रुपैयाँ आम्दानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको आम्दानीमा २.८४ रुपैयाँको संकुचन आएको छ।

आव २०८०।८१ मा कम्पनीले कच्चा पदार्थ उपभोगमा ३ अर्ब ७६ करोड रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष यस्तो खर्च ४ अर्ब ४१ करोड रुपैयाँ थियो। कम्पनीको वित्तीय खर्च बढेर ३ करोड ४१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष वित्तीय खर्च २ करोड ९६ लाख रुपैयाँ थियो।

चुक्तापुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा ४ अर्ब ७७ करोड रुपैयाँ थियो। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा ४ अर्ब २६ करोड रुपैयाँ थियो। रिटेन्ड अर्निङको आकार ११.८३ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी २१४४ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष प्रतिशेयर आम्दानी १९८८ रुपैयाँ थियो। प्रतिशेयर आम्दानी ७.८५ प्रतिशतले बढेको छ।

यसैगरी कम्पनीको पीई रेसियो २२.०७ गुणा र प्रतिशेयर नेटवर्थ ५२८५ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS