IME Life New

युनाईटेड इदी–मार्दीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यही मंसिर ३ गतेदेखि आईपिओ जारी गरेको युनाईटेड इदी–मार्दीमा आवेदन दिने आज अन्तिम दिन हो । युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले खुल्ला गरेको आईपिओ आज मंसिर ७ गते बैंकिङ कार्यालय समयपछि बन्द हुनेछ ।

सर्वसाधारणको लागि कम्पनीले ८ लाख ७३ हजार ९१० कित्ता साधारण शेयर निष्काशन खुला गरेको छ । सामूहिक लगानी कोषका लागि ४३ हजार ६९६ कित्ता र कर्मचारीका लागि १७ हजार ४७८ कित्ता छुट्टाइएर बाँकी रहेको ८ लाख १२ हजार ७३६ कित्ता शेयरका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् । तर उक्त आईपिओमा माग भन्दा बढि आवेदन परिसककेको र न्यूनतम १० कित्ताको कोटा समेत पूरा भइसकेकोले आवेदकहरुका बीचमा गोलाप्रथाको माध्यमबाट आईपिओ वितरण हुनेछ ।

Esewa
Crest

सार्वजनिक निष्काशन गर्नका लागि गराइएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्राप्त गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ । आवेदन दिन चाहनेहरुले मेरो शेयर वा आश्वा सदस्यता लिएका बैंकमार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS