IME Life New

यी १० कम्पनीले बनाए लगानीकर्तालाई मालामाल, कुन कम्पनीले बनायो निराश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दसैँपछि खुलेको शेयर बजारमा हरियाली छाएको छ। नेप्से परिसूचक आज मंगलबार ३१.४८ अंकले बढेर २६९९.६६ को विन्दुमा बन्द भएको छ।

बजारमा आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटा बढेको छ भने एउटा मात्रै घटेको छ। आज उत्पादन तथा प्रशोधन समूहबाहेक अरु सबै बढेको छ। आज वित्त समूह सर्वाधिक ४.६१ प्रतिशतले बढेको छ।

Esewa
Crest

यो दिन २०५ वटा कम्पनीको शेयरभाउ बढ्दा ३२ वटाको घटेको छ भने ६ वटाको स्थिर रहेको छ।

आज बजारमा ३ अर्ब ६ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। यो दिन २ कम्पनीको शेयरभाउ पोजिटिभ सर्किट लागेको छ। जानकी फाइनान्स र मिथिला लघुवित्तको शेयरभाउ १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको हो। मल्टीपर्पस फाइनान्सको शेयरभाउ ९ प्रतिशत बढीले बढेको छ।

यो दिन मिडि सोलु हाइड्रोपावरका शेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको शेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS