IME Life New

यी १० उद्योगले पाए भारतबाट चिनी ल्याउने अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उद्योग विभागले भारतबाट चिनी ल्याउन १० वटा उद्योगलाई अनुमति दिएको छ।

भारत सरकारबाट नेपाललाई चिनी आयातका लागि तोकिएको कोटाबमोजिम चिनी औद्योगिक कच्चा पदार्थका रुपमा प्रयोग गर्ने गरी आयात गर्न विभागले १० वटा उद्योगलाई अनुमति दिएको हो। आयात गर्न इच्छुक भई आवेदन पेस गर्ने उद्योगीहरुलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट कोटा बाँडफाँडसहितका निर्णय भएकोले यथाशीघ्र सम्पर्क गर्न अनुमति पाएका उद्योगहरुलाई विभागले आग्रह गरेका छन्।

Esewa
Crest

भारतबाट चिनी आयातका लागि विभागबाट एग्रो थाई फुड्स (ललितपुर), गुडलाइफ बेभरेज (सोनापुर, सुनसरी), एसियन बिस्कुट एन्ड कन्फेक्सनरी (दुहबी, सुनसरी), क्वालिटी फुड (नेपाल) (दुहबी, सुनसरी), क्वालिटी फुड एन्ड स्न्याक्स इन्डस्ट्रिज (दुहबी, सुनसरी), क्वालिटी कन्फेक्सनरी (दुहबी, सुनसरी), शिवम डेरी एन्ड फुड इन्डस्ट्रिज (विराटनगर, मोरङ), केआरएस भेन्चर्स (भद्रपुर, झापा) र सुजल फुड्स (पोखरा कास्की) छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS