IME Life New

यी हुन् शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार पनि सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ को विन्दुमा बन्द भएको हो।

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ८ वटा समूह बढेका छन् भने ४ वटा घटेका छन्। एउटा समूह स्थिर रहेको छ। यो दिन वित्त समूह सर्वाधिक २.६५ प्रतिशतले बढेको छ भने बैंकिङ समूह सर्वाधिक ०.०४ प्रतिशतले घटेको छ। आज लगानी समूह स्थिर रहेको छ।

Esewa
Crest

बजारमा आज १२६ कम्पनीको शेयरभाउ बढ्दा १०७ कम्पनीको घटेको छ। १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज बजारमा ५ अर्ब ३८ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सिन्धु विकास बैंकको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • सिन्धु विकास बैंकः १६ करोड ९२ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः १४ करोड ५९ लाख रुपैयाँ
  • साहस ऊर्जाः १४ करोड ४९ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ९ करोड ८२ लाख रुपैयाँ
  • भूगोल इनर्जीः ९ करोड ७९ लाख रुपैयाँ
  • मोदी इनर्जीः ९ करोड ७८ लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः ९ करोड १९ लाख रुपैयाँ
  • प्रभु महालक्ष्मी लाइफः ८ करोड ३८ लाख रुपैयाँ
  • युनाइटेड इदी मर्दीः ८ करोड २० लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ८ करोड ११ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS