IME Life New

यी हुन् शेयरधनीलाई आज मालामाल बनाउने कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार पनि दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक आज ४३.२२ अंकले बढेर २७४२.८८ को विन्दुमा उक्लिएको हो।

बजार बढ्दा २०६ कम्पनीको शेयरभाउ बढेको छ भने ३५ कम्पनीको शेयरभाउ घटेको छ। आज ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। सबैभन्दा बढी व्यापार समूह ३.४४ प्रतिशतले घटेको छ।

हिजोको तुलनामा आज बजारमा कारोबार पनि बढेको छ। बजारमा आज ५ अर्ब ६६ करोड रुपैयाँ बढीको कारोबार भएको छ। आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

आज विजय लघुवित्त र इस्टर्न हाइड्रोपावरका शेयरधनीहरुले सर्वाधिक कमाए। यी दुवै कम्पनीको शेयरभाउ ९ प्रतिशत बढीले उकालो लागेको छ।

यो दिन अप्पर सांगे हाइड्रोपावरका शेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको शेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS