IME Life New

यी हुन् लगानीकर्तालाई निराश बनाउने लघुवित्तहरु, लाभांश दिनेभन्दा नदिने धेरै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०७९/८० का लागि हालसम्म एक दर्जनभन्दा बढी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने निर्णय गरेको छ।हालसम्म २६ वटा लघुवित्तले उक्त आर्थिक वर्षका लागि लाभांशसम्बन्धी निर्णय गरेका छन्। जसमध्ये १५ वटाले लाभांश वितरण नगर्ने निर्णय गरेका छन् भने ११ वटा लाभांश वितरणको घोषणा गरेका छन्।

पछिल्लो समय अधिकांश लघुवित्त संस्थाको खराब कर्जा बढेको छ। खराब कर्जा बढ्दा प्रोभिजनलका रुपमा छुट्याउनुपर्ने इम्पेयरमेन्ट चार्ज पनि बढ्दा अधिकांश लघुवित्तको नाफामा संकुचन आएको छ भने केही लघुवित्त त घाटामा गएका छन्। यही कारणले उक्त आर्थिक वर्षका लागि लाभांश दिनेभन्दा नदिने लघुवित्तको संख्या बढी देखिएको हो।

Esewa
Crest

अघिल्लो आर्थिक वर्ष २०७८/७९मा ४२ वटा लघुवित्तले शेयरधनीहरुलाई लाभांश वितरण गरेका थिए। तर, आर्थिक वर्ष २०७९/८० लाभांश घोषणा गर्ने लघुवित्तको संख्या घटेर ११ वटामा सीमित बनेको छ।

लाभांश वितरण नगर्ने लघुवित्तहरुमा लक्ष्मी, सबैको, युनिक, नाडेप, साधना र गणपति छन्। मनकामना स्मार्ट, फरवार्ड, उन्नति सहकार्य, सामुदायिक, गुराँस, उपकार, हिमालयन र ग्रामीण विकासले पनि लाभांश वितरण नगर्ने निर्णय गरेका छन्। केही लघुवित्तले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफा लाभांश वितरण नगरी सञ्चित गर्ने निर्णय गरेका छन्।

युनिक नेपाल लघुवित्तले गत भदौ ३० गते उक्त आर्थिक वर्षका लागि बोनस शेयर र नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो। तर, मंसिर ३० गते बसेको सञ्चालक समितिले उक्र आर्थिक वर्षका लागि कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको थियो।

उक्त आर्थिक वर्षका लागि लाभांश घोषणा गर्ने लघुवित्तमा भने जीवन विकास, छिमेक, ग्लोबल आइएमई, समता घरेलु, साना किसान विकास, फर्स्ट माइक्रोफाइनान्स, धौलागिरी, सपोर्ट, एनआईसी एसिया, स्वावलम्बन र आरएडीसी रहेका छन्। अधिकांश लघुवित्तको लाभांश १५ प्रतिशतभन्दा माथि रहेको छैन।

छिमेक, साना किसान, फर्स्ट माइक्रोफाइनान्स, धौलागिरी, एनआईसी एसिया लघुवित्तले १५ प्रतिशत लाभांश घोषणा गरेका छन्। जीवन विकासले पनि १४.७४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

सपोर्ट र स्वालम्बनले १३ प्रतिशत बढी लाभांशको प्रस्ताव गर्दा ग्लोबल आइएमईले १० प्रतिशत, आरएसडीसीले ९.०५ प्रतिशत र समता घरेलुले ५.७१ प्रतिशत लाभांशको प्रस्ताव गरेका छन्। यसपालि एनआईसी एसिया र ग्लोबल आइएमई लघुवित्तले मात्रै नगद लाभांश प्रस्ताव गरेका छन् भने बाँकी ९ वटाले बोनश र नगद लाभांश दिने भएका छन्।

लाभांश घोषणा गरेकामध्ये एनआईसी एसिया, स्वावलम्बन र आरएसडीसी लघुवित्तको बुक क्लोज भइसकेको छ। फर्स्ट माइक्रोफाइनान्सको भने यही पुस १२ गते बुक क्लोज गर्दैछ। बाँकी लघुवित्तले भने बुक क्लोजको मिति तय गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS