IME Life New

यी हुन् ग्लोबल आइएमई बैंकका १९ ठूला शेयरधनी, सञ्चालकहरुसँग कति छ शेयर ? कहाँ-कहाँ छ लगानी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपालको बैंक क्षेत्रमा सबैभन्दा बढी चुक्तापुँजी भएको वाणिज्य बैंक हो। यो बैंकको चुक्तापुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ।

आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनअनुसार यो बैंकमा सबैभन्दा बढी शेयर स्वामित्व १९ संस्था तथा व्यक्तिको रहेको छ। सबैभन्दा बढी शेयर स्वामित्व कर्मचारी सञ्चय कोषको रहेको छ। कोषको यो बैंकमा ४.७४ प्रतिशत शेयर स्वामित्व रहेको छ।

Esewa
Crest

यसैगरी आइएमई होल्डिङ्सको २.७८ प्रतिशत, आइएमई इन्भेस्टमेन्टको २.५१ प्रतिशत र विष्णुप्रसाद न्यौपानेको १.४१ प्रतिशत शेयर स्वामित्व रहेको छ। सुमितकुमार अग्रवालको १.४० प्रतिशत शेयर स्वामित्व रहेको यो बैंकमा मंगल कशल इन्भेस्टमेन्टको १.२४ प्रतिशत र कन्टिनेन्टल इन्भेस्टमेन्टको १.१५ प्रतिशत शेयर स्वामित्व रहेको छ।

यस्तै ग्लोबल आइएमई बैंकमा उत्तमकुमार नेपालको ०.९५ प्रतिशत, नागरिक लगानी कोषको ०.९२ प्रतिशत, रणबहादुर शाहको ०.७८ प्रतिशत, निमिषा इन्भेस्टमेन्टको ०.७४ प्रतिशत, होमल्यान्ड डेभलपर्सको ०.७३ प्रतिशत, हेमराज ढकालको ०.६७ प्रतिशत, क्याबिनेट श्रेष्ठको ०.६४ प्रतिशत, डम्बरबहादुर मल्लको ०.६३ प्रतिशत र कामधेनु इन्भेस्मेन्टको ०.६२ प्रतिशत शेयर स्वामित्व रहेको छ।

त्यस्तै यो बैंकमा रिता मल्लको ०.५६ प्रतिशत, शारदा देवीको ०.५३ प्रतिशत र सन्दीप अग्रवालको ०.५३ प्रतिशत शेयर स्वामित्व रहेको छ।

सञ्चालकहरुसँग कति  छ शेयर ?

ग्लोबल आइएमई बैंकको सञ्चालक समितिको अध्यक्षमा चन्द्रप्रसाद ढकाल छन्। उनी उद्योग वाणिज्य महासंघका अध्यक्ष पनि हुन्। संस्थापक शेयरधनीसमेत रहेका ढकालसँग बैंकको ८९ लाख ६६ हजार ४१० कित्ता रहेको छ।

यसैगरी बैंकको सञ्चालकमा संस्थापकतर्फ क्याबिनेट श्रेष्ठ, रामबहादुर भण्डारी र राधेश पन्त तथा सर्वसाधारणतर्फ कृष्णप्रसाद शर्मा र मदनलाल जोशी छन्। स्वतन्त्र सञ्चालकमा देवेन्द्रप्रताप शाह छन्।

सञ्चालक क्याबिनेट श्रेष्ठसँग बैंकको २२ लाख ७२ हजार ८४० कित्ता, रामबहादुर भण्डारीसँग १ लाख १७ हजार ११८ कित्ता र राधेश पन्तसँग १३ लाख ६३ हजार ८५३ कित्ता शेयर रहेको छ। सञ्चालक कृष्णप्रसाद शर्मासँग २ हजार ६५७ कित्ता, मदनलाल जोशीसँग ८ हजार ३२० कित्ता र देवेन्द्रप्रताप शाहसँग १० हजार ७८४ कित्ता शेयर रहेको छ।

कुन कम्पनीमा कति छ लगानी ?

ग्लोबल आइएमई बैंकले १२ वटा सूचीकृत भएका र नभएका कम्पनीमा लगानी गरेको छ। बैंकको सबैभन्दा बढी लगानी नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टममा रहेको छ। यो कम्पनीमा बैंकको २६.७० प्रतिशत रहेको छ। गत वर्ष यो कम्पनीमा बैंकको १७.६१ प्रतिशत रहेको थियो।

यसैगरी बैंकको स्मार्टच्वाइस टेक्नोलोजीमा १५.४३ प्रतिशत र मेरो माइक्रो फाइनान्स लघुवित्तमा १४ प्रतिशत लगानी रहेको छ। बैंकको फर्ट माइक्रोफाइनान्स लघुवित्तमा १०.१७ प्रतिशत, आइएमई लाइफ इन्स्योरेन्समा १० प्रतिशत, बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इस्टिच्युटमा ६.६७ प्रतिशत, छिमेक लघुवित्तमा ८.३१ प्रतिशत, आरएसडीसी लघुवित्तमा १२ प्रतिशत, नेशनल बैंकिङ ट्रेनिङ इन्स्टिच्युडमा ९.४७ प्रतिशत , नेपाल पूर्वाधार बैंकमा ५.४८ प्रतिशत, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा १० प्रतिशत र नेपाल क्लियरिङ हाउसमा ७.१५ प्रतिशत लगानी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

42%
happy

खुसी

3%
sad

दु :खी

10%
amazed

अचम्मित

23%
excited

उत्साहित

23%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS