IME Life New

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुन–कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज मंसिर २४ गते अन्तिम दिन रहेको छ।

एनआईसी एसिया लघुवित्त र नेपाल हाइड्रो डेभलपर्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। यी दुवै कम्पनीले वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ भोलि मंसिर २५ बुक क्लोज गर्दैछन् । त्यसैले आजसम्म कायम शेयरधनीले यी दुवै कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Esewa
Crest

एनआईसी एसिया लघुवित्तले आर्थिक वर्ष २०७९/८०का लागि करसहित १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश संस्थाको आउँदो पुस ६ गते हुने छैटौँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुले पाउनेछन्।

यसैगरी नेपाल हाइड्रो डेभलपर्सले आर्थिक वर्ष २०७९/८० का लागि ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३७५ नगद लभांश गरी कुल ७.३७५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश कम्पनीको आउँदो पुस १२ गते हुने १२ औँ वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS