IME Life New

यसवर्ष अधिक बाढी पहिरोका कारण प्रभावित हुने जनसंख्या १८ लाख नाघ्ने अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यस वर्ष वर्षाको माैसममा अधिक वर्षाका कारण १८ लाख भन्दा बढी जनसंख्या प्रभावित हुनसक्ने प्रक्षेपण गरिएको छ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्षको वर्षा माैसममा भीषण वर्षाका कारण धनजनको क्षति हुने संभावना छ।

प्राधिकरणका अनुसार यस वर्ष विपद्‍बाट करिब १८ लाख १ हजार नागरिक र ४ लाख १२ हजार घरधुरी कुनै न कुनै रुपमा प्रभावित हुनसक्ने अनुमान छ । त्यसैगरि, मनसुनजन्य विपदबाट ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुन सक्ने र १८ हजार घर परिवारलाई मनसुनजन्य विपदमा उद्धार तथा राहत दिनु पर्ने आँकलन पनि गरिएको छ ।

Esewa
Crest

गत वर्षको प्रारम्भिक अनुमानमा प्राधिकरणले वर्षा र बाढीका कारण १२ लाख मानिस प्रभावित हुने अनुमान गरे पनि वास्तविक संख्या २० लाख नजिक पुगेको थियो ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनुसनमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको आँकलन सार्वजनिक गरेको छ । यसका साथसाथै अधिकतम तथा न्यूनतम तापक्रम देशका अधिकांश स्थानहरुमा सरदर भन्दा बढी हुने संभावना ३५ देखि ६५ प्रतिशत रहेको पनि विभागको आँकलन छ । त्यसकारण, यस वर्ष मौसमी विषमताका घटनाहरु बढी हुनसक्ने जानकारी गृहमन्त्री रवि लामिछानेले जेठ २३ गतेको प्रतिनिधि सभाको बैठकमा गराएका थिए ।

यसैबीच सरकारले मनसूनजन्य विपद पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोष्टको संयोजकको जिम्मेवारी गृहमन्त्रालयका सहसचिव डा. भीष्म कुमार भुषाललाई दिएको छ । उनी प्रशासनिक क्षेत्रमा थिति बसाल्न र प्रभावकारीरूपमा संयन्त्र परिचालन गर्न पोख्त सरकारी अधिकारीकारूपमा चिनिन्छन् ।

गत वैशाख ४ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २३ औँ बैठकले प्राधिकरणका सहसचिव बसन्त अधिकारीको संयोजकत्वमा  गठन भएको कार्यदलले पेश गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ लाई स्वीकृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS