IME Life New

यती एयरले असारभित्रै थप ३ वटा जहाज भित्र्याउँदै, चाँडै आइपीओ ल्याउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निजी क्षेत्रद्वारा प्रवर्द्धित वायु सेवा कम्पनी यती एयरलाइन्सले असार महिनाभित्र आफ्नो बेडामा थप ३ नयाँ जहाज थपेर विमान संख्या १० पुर्याउने भएको छ। हवाई यात्रुको बढ्दो चापको तुलनामा जहाजको संख्या अपर्याप्त हुँदा व्यावसायिक साख जोगाउन चुनौती भएको भन्दै एयरलाइन्सले जहाज संख्या थप्न लागेको हो।

नियामक नागरिक उड्ययन प्राधिकरणले जारी गरेको निर्देशनअनुसार घरेलु वायु सेवा कम्पनीसँग २०८५ सालसम्ममा कम्तीमा ५ वटा जहाज हुनुपर्नेछ। यो प्रावधानका कारण सौर्य एयरले समेत २ वटा जहाज थप्नुपर्ने बाध्यता छ। सौर्य एयरसँग हाल ३ वटामात्र जहाज छन्।

Esewa
Crest

सीमित संख्यामा जहाज भएकाले सबै मुख्य रुटमा समेत यो वायु सेवा कम्पनीले उडान सेवा दिन सकेको छैन। योसँग अहिले धनगढी र सुर्खेत उडान भर्नका लागि जहाज छैन। नेपालगन्ज, पोखरा, सिमरा, जनकपुर, भैरहवा, विराटनगर, भद्रपुर रुटमा समेत पर्याप्त उडान भर्न सकेको छैन। कुल ७ वटा जहाज रहेको यती एयरले ६ वटा जहाजमार्फत नियमित उडान भर्दै आएको छ। कुल ७ जहाजमध्ये नियमित मर्मतसम्भारका लागि यीमध्ये कम्तीमा एउटा जहाज ह्याङ्गरमै रहने गरेको वा सी चेक (मर्मतसम्भार)का लागि भारत लैजाने गरिएको छ।

गन्तव्य विस्तार र व्यावसायिक प्रतिस्पर्धाका लागि जहाज थप्नुको विकल्प नभएको तथ्य यती एयरलाइन्समा नयाँ साझेदारका रुपमा जोडिएको एशियन लाइफ इन्स्योरेन्सका सञ्चालकले समेत बुझिसकेका छन्। जहाज भित्र्याएर व्यवसाय विस्तारमा आक्रामक ढंगले अगाडि बढ्ने रणनीति लिएको यतीले  छिट्टै सर्वसाधारणका लागि आइपीओ ल्याउने योजना पनि बनाएको छ।

जुलाई महिनासम्ममा थप ३ वटा जहाज ल्याएर जहाज संख्या १० पुर्याउने योजनाका साथ यती एयरलाइन्सको व्यवस्थापनले काम गरिरहेको छ। जहाजको रेखदेख, मर्मतसम्भार, नियमित परिपालन, प्राविधिक स्वस्थ्यता, सरसफाइ, यात्रु सेवालगायतका लागि नियुक्त जनशक्तिको अधिकतम सदुपयोगका लागिसमेत जहाज थप्नैपर्ने बाध्यात्मक अवस्थामा छ, यो कम्पनी। जहाज नथपेको अवस्थामा घाटा बढ्ने र व्यावसायिक प्रतिस्पर्धामा कमजोर भएर बजार हिस्सासमेत गुमाउने खतरा भएकाले यती एयरले नयाँ जहाज भित्र्याउने भएको हो। यो वायुसेवा कम्पनीले गत १८ माघमा बंगलादेशी वायु सेवा कम्पनी नोभो एयरको प्रयोगमा रहेको दुईवटा जहाज खरिद गरेर भित्र्याएको थियो।

अहिले संघीय राजधानी जोड्ने मुख्य राजमार्गहरु कान्तिपथ, हेटौँडा–सिस्नेरी, मुग्लिन–पोखरा, नारायणगढ–बुटवल र पूर्व जोड्ने अरनिको राजमार्गको बनेपा–धुलिखेल खण्डको अवस्थासमेत ज्यादै खराब रहेकाले सर्वसाधारण सडकमार्गबाट सकसपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। असुरक्षित, समयका हिसाबले अनिश्चित र कष्टकर यात्रा भएकाले सर्वसाधारणले सडकमार्गको साटो सकेसम्म हवाईमार्गबाट यात्रा गर्नुपर्ने बाध्यता छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS