IME Life New

‘यति एयरले किनेको हवाई जहाज बंगलादेशबाट दुई दिनमा नेपाल आइपुग्ने’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निजी वायू सेवा प्रदायक कम्पनी यति एयरलाइन्सले खरिद गरेको नोभो एयरको हवाई जहाज दुई दिनमा नेपाल भित्रिने भएको छ। यति एयरले एयरस्ट्रिम नामक बेलायती दलाल कम्पनीमार्फत् नोभो एयरसँग दुईवटा एटिआर ७२-५०० सिरिजको दुईवटा हवाई जहाज खरिदको सम्झौता केही महिना अघि नै गरेको थियो ।

एटिआर विमान फ्रान्समा निर्मित छोटो र मध्यम दुरीको उडान भर्नका लागि लोकप्रिय विमान हो । नेपालमा निजी क्षेत्रको अर्को वायूसेवा कम्पनी बुद्ध एयरसँग १७ वटा एटिआर विमान छन् । यसैगरी यतिसँग हाल पाँचवटा एटिआर विमान रहेको छ। यति एयरले उडान सेवा बिस्तारका लागि नोभोएयरसँग एटिआर ८०५ र ८०६ संकेत नम्बर भएको दुई वटा जहाज खरिद गरेको हो ।

Esewa
Crest

नोभोएयरका प्रबन्ध निर्देशक मोफिजुर रहमानले द बिजनेश स्टाण्डर्डको अनलाइन संस्करणलाई जहाज बिक्रीको सबै प्रकृया पुरा भइसकेकाले दुई दिनमा विमान नेपाल पठाइने जानकारी दिएका छन् । उनले उडान गर्ने यात्रुको संख्यामा ३० प्रतिशतको उल्लेख्य गिरावटसँगै नोभो एयरलाई सातवटा जहाजको आवश्यकता नभएकाले तीमध्ये दुईवटा बिक्री गरेको बताएका छन् ।

हाल कम्पनीले आन्तरिक उडान सेवा कटौती गर्दै अन्तर्राष्ट्रिय रुटमा उडान विस्तार गर्ने क्रममा तीनवटा नयाँ एयरबस विमान खरिद गर्ने प्रकृया अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

44%
happy

खुसी

8%
sad

दु :खी

8%
amazed

अचम्मित

21%
excited

उत्साहित

21%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS