IME Life New

म्यादी प्रहरीमा १ लाखलाई रोजगारी, कति चाहिन्छ योग्यता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनको लागि ठुलो संख्यामा म्यादी प्रहरी भर्ना गर्न दरखास्त माग गरेको छ । प्रहरीले १ लाख जना म्यादी प्रहरीको लागि भर्ना खुलाएको छ । निर्वाचनमा कुल ४० दिन खटिनु पर्छ भने कुल ४० हजार ४ सय ४० पारिश्रमिक पाइनेछ ।

म्यादी प्रहरी हुनका लागि नेपाली नागरिक हुनु पर्ने, कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको, कुनै राजनैतिक दलको सदस्य नरहेको,शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त रहेको, साधारण लेखपढ गर्न जान्ने, प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को अनुसूची ३ प्रकरण (३) को (छ) र (ज) मा उल्लेख भए बमोजिम हुनु पर्नेछ।

Esewa
Crest

म्यादी प्रहरीका लागि सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल) मा २०७८ श्रावण १ गतेदेखि विभिन्न पदमा भर्नाको लागि आवेदन दिई शारीरिक तन्दुरूस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेश पत्रको प्रतिलिपी पेश गर्ने व्यक्तिहरु,नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत रही निवृत्तीभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मीहरु तथा पूर्व वन रक्षकहरू,विदेशी मित्र राष्ट्रका सुरक्षा निकायहरुमा काम गरी सेवा निवृत्त नेपाली नागरिक, विगतका निर्वाचनहरूमा म्यादी प्रहरीको रुपमा भर्ना भई सन्तोषजनक कार्य गरेका व्यक्तिहरुलाई प्राथमिकता दिइनेछ ।

ईच्छुक तथा योग्य नेपाली नागरिकले चैत्र ६ गतेदेखि चैत्र ११ गतेसम्म सबै जिल्लाका जिल्ला प्रहरी कार्यालय र महानगरीय प्रहरी परिसर (काठमाडौँ, भक्तपुर र ललितपुर बाट आवेदन दिन सक्ने छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS