IME Life New

मौद्रिक नीतिपछिको पहिलो कारोबारमा शेयर बजारमा उछाल, ११३ अंकले बढ्यो नेप्से

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मौद्रिक नीतिपछिको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा उछाल आएको छ । आज बजार खलेको केही मिनेटमै नेप्सेमा २ पटक सर्किट ब्रेक लगोको थियो । पछि सम्हालिएको बजार ११३ दशलमव ४२ अंकले बढेर २,६८१ को विन्दुमा कायम भएको छ ।

आज १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८७ कम्पनीको शेयर मूल्य घटेको छ । आज ३१८ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ८१ करोमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३४ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज बैंकिङ उपसूचकमा सकारात्मक सर्किट लागेर सबै बैंकको शेयरमा सर्किट लागेको छ । आज २२ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा धेरै गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ३५ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS