IME Life New

मेरो माइक्रोफाइनान्सको लघुवित्त तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले ३३ जना कर्मचारीहरुलाई लघुवित्त सम्बन्धी आधारभूत तथा व्यवस्थापन तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

कर्मचारीहरुलाई कार्यगत तथा जिम्मेवारी दिई कार्यक्षेत्रमा पठाउनुअघि सहजीकरण गराउने तथा नीति नियमका साथै कार्य प्रक्रियाका बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको संस्थाले जनाएको छ ।

Esewa
Crest

तालिम समापन समारोहलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले कर्मचारीलाई पेशाप्रति इमान्दारी, अनुसाशित, व्यवहारिक हुन आवश्यक निर्देशन दिए । साथै दाहालले कर्मचारीहरुलाई नतिजामुखी कार्यमा केन्द्रीत हुन आह्वान गरे ।

देशका दुर्गम तथा विपन्न वर्गहरुमा वित्तीय साक्षरता पहुँचमा बृद्धि र बिस्तारका लागि संस्थाले व्यवसायिक टेवा पुर्याएको बताउँदै लघुवित्तको भावना अनुसार काम गर्न आग्रह गरे ।

तालिम समापन कार्यक्रममा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत नबराज दाहाल, मानव संसाधन विभागका प्रमुख कृष्ण प्रसाद गैह्रे, अनुगमन तथा सुपरिवेक्षण विभाग प्रमुख पुष्कर घिमिरे, योजना तथा कार्यक्रम विभाग प्रमुख उमेश मान डंगोल, रामकुमार सुवेदीलगायत कर्पोरेट कार्यालयका कर्मचारीहरको सहभागीता रहेको थियो । नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि गरी ६१ जिल्लामा १२० शाखा कार्यालय मार्फत १ लाख ९ हजार विपन्न घर परिवारहरुलाई लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS