IME Life New

मूल्य समायोजनपछि स्ट्यान्डर्ड चार्टर्ड बैंकको शेयरभाउ कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस शेयरका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको शेयरभाउ समायोजन गरेको छ।

नेप्सेले शेयरमूल्य समायोजन गर्दै स्ट्यान्डर्ड चार्टर्ड बैंकको शेयरभाउ प्रतिकित्ता ७१३.६२ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ७६० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो बैंकको शेयर कारोबारमा आउनेछ।

Esewa
Crest

बैंकले लाभांश र वार्षिक साधारणसभा आज मंसिर १२ गते बुक क्लोज गर्दैछ। यसको अर्थ हिजो मंसिर ११ गतेसम्म कायम शेयरधनीहरु मात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।

बैंकले आफ्नो ३८ औँ वार्षिक साधारणसभा यही मंसिर २५ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको ६.५ प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।

चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले बैंकको अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्न बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव स्वीकृत गर्नेछ। नियामकीय निकायबाट कुनै फेरबदल गर्ने सुझाव आएमा सोही गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS