IME Life New

मूल्य समायोजनपछि प्रभु महालक्ष्मी लाइफ र गुराँस लघुवित्तको शेयरभाउ कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस शेयरका लागि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन गरेको छ।

समायोजित मूल्यअनुसार प्रतिकित्ता प्रभु महालक्ष्मी लाइफको ५५० रुपैयाँ र गुराँस लघुवित्तको १५९१.९५ रुपैयाँ कायम भएको छ। मंगलबारको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता प्रभु महालक्ष्मी लाइफको ६०५ रुपैयाँ र गुराँस लघुवित्तको १८१८.८० रुपैयाँ थियो। आज समायोजित मूल्यअनुसार नै यी दुवै कम्पनीको शेयर कारोबार खुल्नेछ।

Esewa
Crest

प्रभु महालक्ष्मी लाइफ र गुराँस लघुवित्तले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ आज असोज १६ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ हिजो असोज १५ गतेसम्म कायम शेयरधनीहरु यी दुवै कम्पनीको लाभांश पाउन र साधारणसभामा भाग लिन योग्य भएका छन्।

प्रभु महालक्ष्मी लाइफले सातौँ वार्षिक साधारणसभा यही असोज २३ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९।८०का लागि प्रस्तावित लाभांश र हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। कम्पनीले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजी १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

यसैगरी सोही सभाले नियामकले निर्धारण गरेको चुक्तापुँजी पुर्याउन बोनस शेयर जारीपछि कायम चुक्तापुँजीको ७ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदनसहित साविक महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७९।८० को २०८० असार मसान्तको तथा प्रभु महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७९।८० को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण पारित गर्नेछ।

कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८०।८१ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले स्वतन्त्र सञ्चालक नियुक्तिदेखि प्रबन्धपत्र र नियमावलीमा नियमनकारी निकायहरुले फेरबदल, थपघट गर्न कुनै सुझाव वा निर्देशनमा दिएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।

यसैगरी गुराँस लघुवित्तले नवौँ वार्षिक साधारणसभा यही असोज २९ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा धनकुटाको धनकुटा नगरपालिका–१ स्थित होटल कान्जिरोवामा बिहान ९ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश छन्।

सभाले बोनस शेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले अन्य उपयुक्त लघुवित्तसँग मर्जरमा जाने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। यसका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभाले स्वीकृत गर्नेछ।

सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्ष २०८१।८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पनि अनुमोदन गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS