IME Life New

मुख्य सूचकमा कामना सेवा विकास बैंकको आकर्षक प्रगति, साढे ४६%ले बढ्यो नाफा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार बैंकले मुख्य वित्तीय सूचकहरुमा आकर्षक प्रगति गरेको देखिएको छ।

समीक्षा अवधिमा बैंकले १७ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ११ करोड ९५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४६.४० प्रतिशतले बढेको छ।

Crest

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २० करोड ९८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ करोड ५९ लाख रुपैयाँ थियो। अघिल्लो वर्ष प्रतिशेयर वितरणयोग्य मुनाफा ३.१२ रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर २३.९१ रुपैयाँ पुगेको छ।

बैंकको सञ्चालन मुनाफा ४५.५७ प्रतिशतले बढेर २५ करोड ६७ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा १८ करोड रुपैयाँ थियो। ब्याज आम्दानी पनि बढेर ५१ करोड ८७ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष ब्याज आम्दानी ४९ करोड ९ लाख रुपैयाँ थियो।

चुक्तापुँजी ३ अर्ब ५१ करोड ८ रुपैयाँ रहेको बैंकको रिजर्भको आकार बढेर १ अर्ब ६९ करोड ३२ लमाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ६९ करोड १९ लाख रुपैयाँ थियो। बैंकको रिटेन्ड अर्निङमा २० करोड ९८ लाख रुपैयाँ रहेको छ।

मीक्षा अवधिमा बैंकले ६० अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ५९ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ९७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात (एनपीएल) बढेर ३.९६ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा पनि बैंकको एनपीएल ३.४८ प्रतिशत थियो।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १९.९४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १४.५७ रुपैयाँ थियो। पीई रेसियो २३.७४ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५४.२१ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS