IME Life New

मुक्तिनाथ कृषि कम्पनीको शेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको शेयर कारोबार आज बिहीबारबाट दोस्रो बजारमा आएको छ।

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ हिजो नेपाल स्टक एक्सचेन्ज (नेप्से(मा सूचीकृत भएको थियो। कुनै पनि कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट दोस्रो बजारमा कारोबारमा आउने गर्छ।

Esewa
Crest

पहिलो कारोबारका लागि यो कम्पनीले नेप्सेबाट प्रतिकित्ता न्यूनतम ७६.८१ रुपैयाँ र अधिकतम २३०.४३ रुपैयाँ ओपनिङ रेन्ज पाएको थियो। आज स्पेसल प्रि–ओपन सेसनमा यदि यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएसँगै नियमितसत्रका लागि कारोबारमा आएको हो। आज प्रिसेसनमा आज यो कम्पनीको शेयर प्रतिकित्ता १७८.८० रुपैयाँमा किनबेच भएको छ।

यो कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापक शेयरधनीको ८० प्रतिशत अर्थात ५६ लाख कित्ता र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसहित)को २० प्रतिशत अर्थात १४ लाख कित्ता रहेको छ।

नेप्सेले यो कम्पनीलाई एमकेसीएल कारोबार संकेत प्रदान गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS