IME Life New

मीन बहादुर गुरूङको स्थापित ‘भाटभटेनी’ ब्राण्ड चाेर्न उद्याेग परिसंघका अध्यक्ष अग्रवाल नै सकृय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुन्तला रंगमा लेखिएको शब्द भाट भटेनी । यो शब्द कतै देखा परिहाले तपाई हामी झट्टै प्रसिद्ध सुपरस्टोर भाट भटेनी सुपर स्टोर सम्झन्छौं । तर नेपाल उद्योग परिसंघका अध्यक्ष समेत रहेका राजेश कुमार अग्रवालले भाटभटेनी ब्राण्ड आफ्नो नाममा दर्ता गराएका छन्, उनको यो काममा साथ दिएको छ, उद्योग विभागको बौद्धिक सम्पत्ति विभागले ।

अग्रवाल उपाध्यक्ष रहेकाे आरएमसी समूह अन्तर्गतकाे बाराको जीतपुरमा अवस्थित आरएमसी फुड्स प्रालिले भाटभटेनी ब्राण्डमा पाल्मोलिन, सूर्यमुखी तेल र भटमासको तेल उत्पादनका लागी ब्राण्ड दर्ता गराएको छ । ‘भाट-भटेनी’ शब्द सहितको ब्राण्ड उद्योग विभागमा यसअघि नै भाटभटेनी सुपर स्टोरको नाममा दर्ता रहेको छ । व्यापारी मीन बहादुर गुरुङले लगातार ३८ वर्षको योगदानबाट स्थापित गरेको ब्राण्ड भाटभटेनीलाई परिसंघका अध्यक्ष समेत रहेका अग्रवालले ट्रेडमार्क दर्तावापत सीमित शुल्क भुक्तानी गरेरै कब्जा गर्ने प्रपञ्च रचेका हुन् । आरएमसी फुड्स प्रालिले भाट भटेनी ब्राण्ड दर्ताका लागी २०७९ चैत १ गते उद्याेग विभागमा निवेदन दर्ता गराएकाे हाे ।

Esewa
Crest
उद्याेग विभागले प्रकाशन गरेकाे औद्याेगिक सम्पत्ती बुलेटिनमा प्रकाशित ब्राण्ड दर्ता सम्बन्धी सूचना

असोज २२ गते प्रकाशन उद्योग विभागद्वारा प्रकाशन गरिएको औद्योगिक सम्पत्ति बुलेटिनको वर्ष १७ अंक ८ मा भाटभटेनी नामको ब्राण्डमा आरएमसी फुड्स जीतपुर सिमराले भाटभटेनी प्रशोधित पामोलिन तेल, प्रशोधित सोयाबिन तेल र प्रशोधित सूर्यमुखी तेलकाे ब्राण्ड दर्ता गराएको उल्लेख छ । बुलेटिनमा सूचना प्रकाशन भएकाे ९० दिनभित्र दाबीविराेध गर्न चुकेमा गुरुङले याे बौद्धिक सम्पत्ती गुमाउनुपर्नेछ।

भाटभटेनी सुपर स्टोरको प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले भाटभटेनी ब्राण्ड उद्योग विभागमा दर्ता रहेको बताउँदै यो ब्राण्डमा अरु कसैले दाबी गरेको विषयमा आफूहरु विल्कुलै बेखबर रहेको प्रतिकृया दिएका छन् । हाम्रो नाममा दर्ता भएको ब्राण्ड चोर्न मिल्दैन, पौडेलले इन्स्याेरेन्स खबरसँग भने, यसबारे जानकारी लिएर आवश्यक निर्णय लिनेछौं ।

नेपाल उद्याेग परिस‌ंघका अध्यक्ष समेत रहेका अग्रवालले ‘भाट-भटेनी’ शब्द मात्र नभएर शब्दकाे फण्ट ( शैली ) र रंग समेत हुबहु चोरी गरेका छन् । यो ब्राण्ड दर्तामा उद्याेग विभाग अन्तर्गतको बोेद्धिक सम्पत्ती शाखा र विभागका महानिर्देशक समेतकाे मिलेमतोकाे आश‌ंका गरिएकाे छ। आरएमसी ग्रुपका उपाध्यक्ष राजेश कुमार अग्रवालले भाट भटेनी ब्राण्ड आफ्नो कम्पनी अन्तर्गत दर्ता गरिएकाे बारे आफू अनभिज्ञ रहेको दाबी गरेका छन् । उनले आइतबार साँझ इन्स्याेरेन्स खबरसँगको टेलिफाेन सम्पर्कमा भने, मैले डाइरेक्ट नहेर्ने भएकाले त्यसबारे जानकारी भएन, बुझेर भन्छु ।

आरएमसी फुड्स प्रालिले ‘न्युट्री प्लस’ ब्राण्डमा खाने तेल ल्याउँदै एकवर्ष अघि चाडपर्वकाे मुखमा तडकभडकका साथ प्रचारप्रसार गरे पनि उपभाेक्ताले चिसाे प्रतिकृया दिएपछि प्रसिद्ध ब्राण्ड चाेरी गर्ने प्रयास गरेकाे आश‌ंका गरिएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

21%
happy

खुसी

7%
sad

दु :खी

14%
amazed

अचम्मित

0%
excited

उत्साहित

57%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS