IME Life New

मिर्मिरे लघुवित्तको मुनाफा १९३ प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा १९३.३२ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । संस्थाले पहिलो तीन महिनामा ६ करोड ३७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो । गत वर्षको यहि अवधिमा संस्थाले २ करोड १७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

बरोइङ, निक्षेप संकलन तथा कर्जा लगानीमा आक्रामक मिर्मिरेले खुद व्याज आम्दानी मात्रै ११५ प्रतिशतले बढाउन सफल भएको छ । मिर्मिरेले ५ अर्ब ४६ करोड रुपैयाँ बरोइङ र २ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

Esewa
Crest

खराव कर्जामा भने केहि सुधार गर्दै २ प्रतिशतमा झारेको छ । मुनाफामा उल्लेख सुधार सँगै प्रतिशेयर आम्दानी २१ रुपैयाँबाट ५८ रुपैयाँ पुगेको छ । हालको चुक्ता पूँजी ४३ करोड ५० लाख रुपैयाँ छ भने जगेडा कोषमा ४१ करोड १७ लाख रुपैयाँ जम्मा गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS