IME Life New

मिदासको ‘मेरो डाक्टर’ अनलाइन भिडियो परामर्श शुरू, नि:शुल्क सेवा लिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिदासले ‘मेरो डाक्टर’ एप मार्फत अनलाइन भिडियो परामर्श शुरू गरेको छ । मिदासले कोभिड–१९ महामारीसँगैको जारी बन्दाबन्दीले हिँडडुलमा कठिनाइ भइ धेरै बिरामीहरू आफ्नो नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसकेको अवस्थालाई मध्यनजर गर्दै आज बिहिबारदेखि अनलाइन भिडियो परामर्श शुरू गरेको जनाएको छ ।

समयमै उपचार वा परामर्शबाट बन्चित हुनुपर्दा बिरामीहरूको रोग बढी च्यापिसकेको अवस्थामा पुग्ने जोखिमलाई न्यूनीकरण गर्न र बिरामीहरूको चिकित्सक वा अस्पतालसँगको सम्पर्क स्थापित गर्न यो अनलाइन भिडियो परामर्श सेवा प्रभावकारी हुने कम्पनीले विश्वास लिएको छ ।

Esewa
Crest

नेपालका सयौँ कन्सल्टेन्ट डाक्टर र अस्पताल यस एपमा उपलब्ध हुनेहुँदा जुनसुकै रोगका बिरामीहरूले जुनसुकै स्थानबाट अनलाइन भिडियो परामर्श पाउन सक्ने गरी व्यवस्था मिलाइएको मिदास टेक्नोलोजिज्स् प्रा.लिका प्रबन्ध निर्देशक छत्रहरी कार्कीले बताए ।

जारी कोभिड–१९, को बन्दाबन्दीको अवस्थाका अतिरिक्त सामान्य समयमा समेत विशेषज्ञ चिकित्सकहरुले यस एप मार्फत स्वास्थ्य सेवा परामर्श दिन सकिने गरी व्यवस्था मिलाईएको कम्पनीले जनाएको छ ।

कम्पनीले भनेको छ “कोभिड महामारीको समयमा मात्र होइन, विशेषज्ञ चिकित्सकसँग एवम् अस्पतालसम्म आइ परामर्श लिन हामीलाई सामान्य समयमा समेत विविध खालका कठिनाई छन् । भौगोलिक विकटता एवम् विरामी अस्पतालसम्म जाने अनुकूल अवस्था कुरेरै बस्ने हाम्रो सामान्य प्रचलन छ । यस्तो अवस्थाबाट मुक्तिका लागि र आफ्नो रोगलाई थप बल्झिन नदिन यस्तो अनलाइन भिडियो सेवा उपयोगी हुनेछ ।”

सामान्यतया रोगले च्यापेर थला नपरीकन अस्पताल वा डाक्टरको सम्पर्कमा जान नचाहाने हामी मध्ये अधिकांशलाई यो अनलाइन भिडियो परामर्श अत्यन्तै उपयोगी सिद्व हुनेछ । सामान्य रोगलाई अनलाइन परामर्शबाट नै उपचार गर्न र जटिल बन्न नदिन र उपचार सम्भव हुँदै अस्पताल वा विशेषज्ञ चिकित्सकहरूको सम्पर्कमा जान प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ यो अनलाइन भिडियो परामर्श सेवाको परिकल्पना गरिएको हो ।

जारी कोभिड–१९ सँग सम्बन्धित सम्पूर्ण स्वास्थ्य परामर्श सवै यस अनलाइन भिडियो परामर्शमा निशूल्क हुनेगरी व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS