IME Life New

मार्जिन कल व्यवस्था नमान्ने बैंकलाई सेयर लगानीकर्ताको चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेयर लगानीकर्ता संघ नेपालले केही बैंक तथा वित्तीय संस्थाहरुले बुक क्लोज भएका हकप्रद तथा बोनस सेयरहरुलाई समेत समायोजन गरेर मात्र मार्जिन कल गर्नुपर्ने व्यवस्थालाई अटेरी गरिरहेकाले तत्काल नियम अनुसार गर्न चेतावनी दिएको छ ।

मार्जिन कल सम्बन्धी नियम पालना गर्न अटेरी गर्ने बैंक तथा वित्तीय संस्थाहरुको नामावलीसहित राष्ट्र बैंकमा उजुरी गर्न संघ बाध्य हुने चेतावनी सेयर लगानीकर्ता संघले चेतावनी दिएको छ । यसअघि पुँजी बजार विकास तथा विस्तारका लागि सहमति गरिएका ५८ बुँदे कार्यक्रम अन्तर्गत सेयर धितो कर्जामा मार्जिन कल गर्नुपर्दा सम्बद्ध सेयरहरुको हकप्रद र बोनस सेयर सूचीकरण भइनसकेको भए पनि बुक क्लोज भएको अवस्थामा त्यसलाई समेत जोडेर हिसाब गर्नुपर्ने उल्लेख थियो ।

Esewa
Crest

यसरी जोड्दा समेत नपुगेमा मात्र मार्जिन कल गर्न पाइने व्यवस्था गरिएकोमा त्यसलाई उल्लंघन गर्नेका विरुद्धमा राष्ट्र बैंकमा उजुरी गर्न बाध्य हुने संघले चेतावनी दिएको छ । यस व्यवस्थालाई राष्ट्र बैंकले यसलाई स्वीकृति दिइसकेको छ । तर अहिले केही बैंकहरुले यो व्यवस्था कार्यान्वयन गर्न आनाकानी गरिरहेको संघको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS