IME Life New

माण्डु हाइड्रोपावरको वार्षिक साधारणसभा आज हुँदै, यस्ता छन् एजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माण्डु हाइड्रोपावरले १३ औँ वार्षिक साधारणसभा आज असोज १४ गते आयोजना गर्दैछ । सभा काठमाडौंको नयाँबजारस्थित नेपा बैंक्वेटमा बिहान १० बजेबाट सुरु हुने कम्पनीले जनाएको छ।

कम्पनी सञ्चालक समितिको भदौ २० गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले चुक्तापुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशतले हुन आउने १६ करोड ३६ लाख ३६ हजार ४४० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको छ।

Esewa
Crest

प्रचलित कानुनबमोजिम कर कट्टी गरी नगद लाभांश वितरण गरिने कम्पनीले जनाएको छ। सोही सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।

कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थका लागि भदौ ३१ गते बुक क्लोज गरिसकेको छ । यसको अर्थ ३० गतेसम्म कायम शेयरधनीमात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS